नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो, ४ बजेसम्म दुवैतर्फी खुल्ने

निर्माण सञ्चार, काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

कालिखोलाको पहिरो पन्छाएपछि बुधबार दिउँसो साढे १२ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो । तोपेखोलामा खसेको पहिरो भने पन्छाउने काम जारी रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

सडक एकतर्फी रुपमा सञ्चालन भएपछि रातिदेखि रोकिएका नाइट बसलाई प्राथमिकता दिएर पास गराइएको खनालले बताए ।

सुरुमा टोपेखोला र कालीखोलाको बीचमा फसेका सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ । दुईतर्फी बाटो ४ बजेपछि मात्रै खुल्ने सम्भावना रहेको आयोजनाले जनाएको छ ।

याे पनि पढाैँ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, पहिरो हटाउन दिनभर लाग्ने

 

...

बुधबार २०, असार ०७५

प्रतिक्रिया

Related