भारतीय बिरा बियरको तीन भेराइटी नेपाली बजारमा

३३० एमएलको तीन सय रुपियाँ पर्ने
निर्माण सञ्चार, कर्णाली प्रदेश । भारतीय लोकप्रिय बियर ब्राण्ड बिराका तीन भेराइटी नेपाली बजारमा बिक्रीवितरण सुरु भएको छ ।

बिरा ९१ ह्वाइट, बिरा ९१ बोल्ण्ड र बिरा ९१ स्ट्रङ्ग नामक तीन नेपाली बजारमा बिक्रि सुरु गरिएको हो छ । बि नाइन बेभरेजले उत्पादन गर्ने यी बियर विशाल ग्रुपको ग्लोबल ट्रेडिङ कन्सर्नले नेपाली बजार वितरण गरेको हो ।

‘नयाँ विश्वका लागि स्वादले भरिपूर्ण बियर’ सोंचमा उत्पादन गरिने यो बियरको ३३० एमएल बोत्तलको खुद्रा मूल्य तीन सय रुपियाँ राखिएको छ ।

भारत र अमेरिकामा बिक्रि हुँदै आएको बिरा ९१ बियर नेपालपछि बेलायत, सिंगापुर, हङकङ, थाइल्याण्ड र संयुक्त अरब इमिरेट्स जस्ता नयाँ बजारमा पठाउने तयारी कम्पनीले गरेको छ ।

२०१५ को गर्मीमा उत्पादन सुरु गरिएको यो बियर ताजा स्वाद तथा उत्कृष्ट ब्राण्डिङले बियर पारखीको मनमा बस्न सफल भएको कम्पनीले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बिरा ९१ बियर वार्षिक रुपमा ८ प्रतिशतले बिक्रीमा वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ । शहरी उपभोक्ताको दिमागमा बस्ने गरी स्वादले भरिपूर्ण ताजा बियर तयार पारिएको बताउँदै बि नाइन बेभरेजका निर्यात निर्देशक अन्सुल अग्रवालले नेपालमा व्यापार विस्तार रोमाञ्चक हुने बताए ।

क्राफ्ट र बुटिक बियरको लोकप्रियता बढेको बताउँदै ग्लोबल ट्रेडिङ कन्सर्नका निर्देशक आदित्य अग्रवालले बिरा ९१ जस्तो ब्राण्ड नेपालमा ल्याउनु महत्त्वपूर्ण हुने बताए ।

बिरा ९१ ह्वाइट बियर अन्य ह्विट बियरमध्ये कम तितो भएको कम्पनीले जानकारी दिएको छ । बियरमा ‘सिटरस’ को हलुका स्वाद भएको र शुद्ध कच्चा पदार्थले निर्माण गरिएको छ ।

बिरा ९१ बोल्ड लागर बियर बजारमा उपलब्ध अधिकांश बियरभन्दा रिफ्रेसिङ रहेको र टु रो व्यारेलमार्फत तयार गरिएको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी बिरा ९१ स्ट्रङ्ग बियरको स्वाद युनिक र सम्पन्न भएको तथा कम तितो भएको दाबी कम्पनीले गरेको छ ।

...

शुक्रबार २२, असार ०७५

प्रतिक्रिया

Related