‘फोटो अफ दि इअर’ बन्यो बाबुले नाबालक छोराको शव बहाउँदै गरेको तस्वीरः पुरस्कार रकम पीडित परिवारलाई दिने विजेता पत्रकारको घोषणा

निर्माण सञ्चार, काठमाडौं । मनै चुँडाउने तस्वीरले यस वर्षको ‘फोटो अफ दि इअर’ जितेको छ ।

फोटो पत्रकार नरेन्द्र श्रेष्ठले क्यामेरामा कैद गरेको उक्त तस्वीर गत वर्ष बाढीले डुबान परेको तराईस्थित सप्तरीको कुलारी गाउँको घटना हो, जहाँ एक बाबुले नाबालक छोराको शव सप्तकोशीमा बगाउँदै गरेका छन् ।

केही दिनदेखि ज्वरोले इन्तु न चिन्तु बनेको बालक उक्त क्षेत्र बाढीले जलमग्न भएपछि उपचारका लागि लैजाने ठाउँ पनि नभएर मर्न पुगेको थियो ।

यतिसम्म दर्दनाक अवस्था कि, उपचार गर्न नपाएर मरेको बालकलाई संस्कार गर्ने जमिन समेत नपाएर सप्तकोशीले ढाकेको जलमग्न संसारमा बगाउनु परेको थियो ।

उक्त तस्वीर तस्बिरले ‘फोटो अफ दि इअर’को उपाधि जितेको छ।

फोटो पत्रकार क्लबको आयोजनामा राजधानीमा सम्पन्न प्रतियोगितामा श्रेष्ठले खिचेको तस्बिर सर्वाधिक चर्चामा रहन सफल पनि बनेको थियो ।

उक्त तस्वीरले आइएमई ग्लोबल आइएमई फोटो अफ द इयरको उपाधि जितेको हो। ‘फोटो अफ दि इअर’ उपाधि जितेका श्रेष्ठले भने आफूले पाएको उक्त रकम मध्ये ७० प्रतिशत रकम पीडित परिवारलाई नै दिने घोषणा गरेका छन् ।

उनले एक लाख रुपियाँ नगद पाएका छन्।

छोराको शव सप्तकोशीमा बगाउँने कमल सदा र पत्रकार यादव थपलियाको परिवारलाई दिने घोषणा गरेका हुन् । पत्रकार श्रेष्ठले सदाको परिवारलाई ७० र थपलियाको परिवारलाई ३० हजार रुपियाँ दिने बताएका हुन् ।

फोटो पत्रकार क्लबले नेपाल स्माइल, डेलीलाइफ, न्युज, नेचर एन्ड वाइल्डलाइफ, कल्चर एन्ड टुरिजम र स्पोर्टस् विधामा पहिलो, दोस्रो र तेस्रो फोटो चयन गर्दै पुरस्कार वितरण गरेको थियो।

विजेता केही तस्वीरहरु

 

बौद्धस्थित सडकमा वर्षाको कारण संकटमा परेका ह्विलचेयरवाला अपांगलाई बाढीकै बीचमा सहयोग गर्दै स्कुले बालिका

 उपत्यकाको प्रदूषण जनाउने तस्वीर

जीवन र खुसी जनाउने तस्वीर

 

 वैदेशिक रोजगारीका क्रममा कफनमा फर्किएका युवाहरुको शव बाकसमा रुँदै आफन्तहरु

 

...

बिहीबार, २१ असार, ०७५

 

प्रतिक्रिया

Related