किन हुँदैछ काठमाडाैँमा लोडसेडिङ ?

बिहान ७ बजे गएको बत्ती बेलुका ५ बजे मात्र आउने
निर्माण सञ्चार, काठमाडौँ । काठमाडौँको बालाजु तथा त्यस आसपासका क्षेत्रमा आज बिहानैबाट विद्युत कटौती गरिएको छ ।

बिहान ७ बजेदेखि गएको बत्ती साँझ पाँच बजेपछि मात्रै आउने प्राधिकरणले जानकारी दिएको छ ।

कुन कुन क्षेत्रमा हुँदैछ विद्युत् कटौती ?

बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द छ ।

यसैगरी, बालाजु–धर्मस्थलीअन्तर्गत पुरानो गुह्श्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

किन हुँदैछ विद्युत् कटौती ?

वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा नियमित मर्मत संभारजस्ता कार्यले गर्दा काठमाडौँका विभिन्न स्थानहरुमा विद्युत् कटौती भएको छ ।

विद्युतको नियमित मर्मत तथा सवस्टेसनअन्तर्गतका फिडरमा आपूर्ति भइरहेको क्षेत्रमा विद्युतवितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ ।

...

शुक्रबार २२, असार ०७५

प्रतिक्रिया

Related