सनराइज बैंकले सुरु गर्यो ‘सुरक्षित अनलाइन कारोबार’

निर्माण सञ्चार, काठमाडौँ । सनराइज बैंकले आफ्नो ग्राहकवर्गलाई उच्च सेवा प्रदान गर्ने क्रममा भिसासँग सहकार्य गर्दै Verified by Visa (VbV) सेवा संचालनमा ल्याएको छ ।

यस सेवा मार्फत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने छ ।

यस सेवाका लागि बैंकमा दर्ता गरिएको मोवाइल तथा इन्टरनेटबाट पासवर्ड प्राप्त गरिने छ । यसबाट कारोबार गर्ने व्यक्ति वैध हुन् वा होइनन् भन्ने पुष्टि हुनेछ ।

यो सेवा लिए वापत कुनै शुल्क लाग्ने छैन । सनराइजले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

...

शुक्रबार २२, असार ०७५

प्रतिक्रिया

Related