नारायणगढ–मुग्लिन सडकखण्ड भासिदा सवारी आवागमनमा अवरोध, नदीले सडक किनारा भत्काएको अनुमान

निर्माण सञ्चार, चितवन । बर्सैभर कुनै न कुनै रुपमा अवरोध हुँदै आएको नारायणगढ–मुग्लिन सडक भासिएको छ । यस सडक खण्डको गाईघाट आसपास क्षेत्रमा सडकको आधा भाग अकस्मात भासिएपछि आवागमनमा अवरोध पुगिरहेको प्रहरीले बताएको छ ।

सडक भासिएको स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतिर पर्ने प्रहरी स्रोत बताउँछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग स्पष्ट भासिएको छ ।

देशकै लाइफ लाइन मानिने राजधानी प्रवेशको राजमार्ग मानिने नारायणगढ–मुग्लिन सडक वर्षौंदेखि समस्याग्रस्त हुने गरेको छ । वर्षा सिजन लागेपछि सडक भासिने, पहिरो जाने डर सधै रहिरहन्छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मंगलबार बिहान सामान्य भासिएको देखिएको उक्त स्थान दिनभरमा बिस्तारै बढ्दै गएर झन्डै डेढ फिटजति भासिन पुगेको छ ।

सरकार सडक भासिनुको कारण पत्ता लगाउन विज्ञ समूह खोजिरहेको छ ।

सडक भासिने क्रम नरोकिएपछि मंगलबारबाटै सडक एकतर्फी मात्र सञ्चालनमा छ । सडक भासिने क्रम नरोकिए तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेले ।

नदीले सडक किनारा भत्काएको अनुमान

उनले सडक तलबाट नदीले खोलेर भासिएको हुनसक्ने अनुमान रहेको बताए । सडक विभागले विज्ञहरुको समूह पठाएपछि यसबारे निचोड आउने उनको दाबी छ ।

उक्त ठाउँमा गएका केही दिनदेखि जमिन गहिरिदै गएको पनि थियो । अकस्मात् सडक रोकिन सक्ने भएपछि आवागमन सहज बनाउन तत्काल गृहकार्य गरिएको छ ।

स्थानीयका अनुसार सोही ठाउँमा ०६० सालमा पनि भासिने क्रम देखिएपछि रक स्वायलिङ गरिएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका पूर्व इञ्जिनियर प्रकाश उपाध्यायका अनुसार त्यतिबेला भासिएको सडकमा रक स्वायलिङ–एङरिङ गरिएको थियो ।

उक्त सडकखण्डमा दैनिक करिब १० हजार सवारीसाधन आवातजावत गर्ने गर्छन् ।

 

 

...

बुधबार, २७ असार, ०७५

 

प्रतिक्रिया

Related