बाढीपहिरोबाट एक हप्तामै ५० को मृत्यु !

डुबान र पहिरोले २२ जना घाइते, ९ अझै वेपत्ता
निर्माण सञ्चार, काठमाडौँ | यस वर्षको वैशाखदेखि असारसम्मको अवधिमा ३ सय २३ जनाको ज्यान गइसकेको छ ।

बाढी, पहिरो, चट्याङ, डुबान लगायतका प्राकृतिका प्रकोपमा परेर देशैभर सो संख्याका मानिसको ज्यान गुमेको प्रहरी प्रधान कार्यालयले जानकारी दियो ।

१ वैशाखदेखि २५ असारसम्म ३२३ जनाको मृत्यु र ५७ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले दिएको विवरणमा उल्लेख छ ।

सोही प्रकोपका कारण पछिल्लो एक हप्तामा भने देशभर ५० जनाको मृत्यु भइसकेको छ । असार १८ देखि देशका विभिन्न स्थानहरुमा परेको भारी वर्षाका कारण ५० जनाको ज्यान गएको हो ।

सोही वर्षाका कारण ९ जना अझै बेपत्ता रहेको मन्त्रालय बताउँछ ।

हाल उनीहरुको खोजी कार्य जारी छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदी तराईमा बाढी पछिको डुबान र पहाडमा गएको पहिरोले २२ जना व्यक्तिहरु घाइते भएका बताए ।

सहसचिव सुवेदीका अनुसार बाढी, पहिरो, डुबान र चट्याङबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरणका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन परिचालन गरिएको छ ।

...

बुधबार २७ असार ०७५ 

प्रतिक्रिया

Related