उपत्यकाको ३ जिल्लामा दिउँसो टिपर चलाउन नपाइने !

एक महिनामै १०८ दुर्घटनाः ४० वटामा टिपर संलग्न
निर्माण सञ्चार, काठमाडौँ | अब उपत्यकाको ३ जिल्लामा राति ८ बजेसम्म टिपर चलाउन नपाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई राति ८ बजेसम्म टिपर चलाउन नदिन गृह मन्त्रालयले निर्देशन दिएको हो ।

टिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।

टिपरकै कारण दुर्घटना बढेपछि गृह मन्त्रालयले सो विषयमा चासो देखाएको थियो ।

अधिकारीहरुले भने गृहको यो निर्णयपछि टिपरबाट हुने दुर्घटना न्यून हुने विश्वास व्यक्त गरेका छन् ।

असार महिनामा मात्रै १०८ दुर्घटना !

असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ ।

ती दुर्घटनामध्ये ४० वटामा टिपर नै संलग्न रहेका थिए ।

...

बुधबार २७ असार ०७५ 

प्रतिक्रिया

Related