सडकका खाल्डाखुल्डी तत्काल पुर्न प्रधानमन्त्रीको निर्देशन

कलंकी–थानकोट र चाबहिल–बौद्ध–जोरपाटीका सडकलाई बढी चासो
निर्माण सञ्चार, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी–थानकोट र चाबहिल–बौद्ध–जोरपाटी सडकखण्डको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

ती सडकको दुरावस्थाका कारण यात्रुले सास्ती पाएको भन्दै प्रधानमन्त्री ओलीले उक्त सडकको सुधारसँगै अन्य सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले विषेशगरी कलंकी–थानकोट र चाबहिल–बौद्ध–जोरपाटीका सडकलाई चासो दिएका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर उक्त सडकबारे चासो राखेका हुन् ।

...

बुधबार २७ असार ०७५ 

प्रतिक्रिया

Related