ग्रील तथा स्टील व्यवसायी संघ नारायणथानको अधिवेशन सम्पन्नः नयाँ कार्यसमिति चयन

‘अवैध तरिकाले सञ्चालित ग्रील व्यवसायीलाई मर्यादित भएर समयमै गुणस्तरीय सेवा प्रदान गर्न आग्रह’
निर्माण सञ्चार, काठमाडौँ | ग्रील तथा स्टील व्यवसायी संघ नारायणथानको अधिवेशन सम्पन्न भएको छ ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालमा आबद्ध यस संघको शनिबार (असार २३) अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल रहेका थिए ।

अध्यक्ष कटुवालले अवैध तरिकाले सञ्चालित ग्रील व्यवसायीलाई सरकारको कानुनी दायरामा आएर व्यवस्थित र मर्यादित भई समयमै गुणस्तरिय सेवा प्रदान गर्न आग्रह गरे ।

नेपाल सरकारले तोकेको मुल्य सुचिलाई आधारमानी महासंघले तयार गरेको ग्रील जन्य सामाग्रीहरुको उपभोक्ता मुल्य सुचिलाई उपभोक्तहरुले सजिलै देख्नसक्ने गरि आ–आफनो उद्योगमा अनिवार्य रुपमा राख्न उनले अनुरोध गरे ।

अध्यक्ष कटुवालले सम्बृद्ध अनि सुखि नेपाल निमार्णमा र देशको पुर्वाधार विकासमा ठुलो योगदान पुर्याउँदै आएको ग्रील तथा स्टील व्यवसायको प्रवद्धन गर्नका लागी सरकारको सबै निकायमा महासंघले पहल गर्ने बताए ।

‘सरकारले श्रम ऐनलाई प्रभावकारी रुपमा लागु गर्ने तत्परता देखाईरहेको अवस्थामा हामीले हाम्रो उत्पादकत्व बढाउनुको विकलप छैन’ उनले भने ‘सरकारले लागु गर्न लागेको न्युन  बेतनको कार्यान्वयनलाई मध्य नजर गरी उद्योग व्यवसाय सञ्चालनमा लाग्न र श्रम ऐन लागु गर्ने कार्यमा सरकारलाई सहयोग गर्न अपिल गर्दछु ।’

नेपालको पुर्वाधार विकासमा महत्वपुर्ण योगदान गर्दै आएका देशमा सञ्चालित ११ हजार मेटल फेब्रिकेटर्सहरुले कामको ठुलो सम्भावना रहेको हुंदा संगठित र समय सापेक्षिक पुरस्कृत परिमार्जित हुँदै देश निर्माणमा लाग्न उनको अनुरोध थियो ।

यससँगै हालै फलाम र निमार्ण सामाग्रीहरुमा भएको अनियन्त्रित मुल्य वृद्धिको विरोध गर्दै मुल्यवृद्धि फिर्ता गराउन र नियमित अनुगमन गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

नयाँ कार्यसमिति चयन

ग्रील तथा स्टील व्यवसायी संघ जोरपाटी अधिवेशनका अध्यक्ष नरेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले पुन नरेश श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमितीको चयन गरेको छ ।

जसमा उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ ,सचिव दिलराम श्रेष्ठ, कोषाध्यक्ष प्रेमदास श्रेष्ठ, सह₋सचिव राजेन्द्र धिमाल, सदस्यहरुमा मिश्रीलालश्रेष्ठ, मिलन श्रेष्ठ, मिलन लामा, रवी श्रेष्ठ, खड्ग बहादुर श्रेष्ठ ,भक्त बहादुर श्रेष्ठ, कुमार बुढाथोकी, छत्र बहादुर मगर र रोशन श्रेष्ठ निर्वाचित भएका छन् ।

...

आइतबार २४, असार ०७५  

प्रतिक्रिया

Related