सनराइज बैंकको शाखा अब धनकुटामा पनि

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्य
निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लामा शाखा विस्तार गरेको छ ।

बैंकले धनकुटा नगरपालिका वडा नं ७ स्थित धनकुटा बजारमा आफ्नो ८९ औँ शाखाको स्थापना गरेको हो ।

शाखा विस्तार सँगै बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवापुर्याउनेउद्देश्य लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ८९ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, १०० वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

...

आइतबार २४, असार ०७५

प्रतिक्रिया

Related