मुस्ताङ दुर्घटनामा परि ज्यान गुमाएका ‘निर्माण मजदुर’प्रति एफक्यानको समवेदना

टिपर दुर्घटनामा २० जनाको मृत्यु, १२ जना घाइते
निर्माण सञ्चार, काठमाडौँ | नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष पेम्वा लामा शेर्पाको निर्माण कम्पनी विरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम कोरलानाका–अपरमुस्ताङ, तामखोला खण्डको निर्माण कार्यमा कार्यरत २० जनाको टिपर दुर्घटनामा ज्यान गएको छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको सो दुर्घटनाप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

महासंघले आइतबार शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा घाइते भएका १२ जनाको शिघ्र स्वास्थ्य लाभको लागि कामना गरेको छ ।

यस अकल्पनीय र काबु बाहिरको परिस्थितिमा भएको घटनालाई भवितव्य ठान्दै महासंघले मृतक सबैप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

महासंघले भनेको छ ‘यस दुखद घडीमा मृतकहरुको सनाखत गरी आफ्नो संस्कृति र परम्परा अनुसार सदगत गर्न–गराउन साथै घाइतेहरुको उचित उपचारको व्यवस्थाको लागि आ–आफ्नो ठाँउबाट सहयोग गरिदिन मृतक तथा घाइतेका परिवारजन, स्थानीय निकाय, ट्रेड युनियन, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण व्यवसायी सबैलाई अनुरोध गर्दछौँ ।’

शुक्रबार मुस्ताङको स्याङ्बोचेमा मजदुर चढेको टिपर सडकबाट खस्दा ६ जना महिला र १४ जना पुरुषको मृत्यु भएको थियो ।

ती कामदार स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

मजदूर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर सडकबाट ६२ मिटर तल खसेको थियो ।

...

सोमबार, २५ असार ०७५ 

प्रतिक्रिया

Related