३ महिनामा बाढीपहिरोबाट कतिको मृत्यु ? कति बेपत्ता ?

प्रकोपका घटना कति ? क्षति कति ?
निर्माण सञ्चार, काठमाडौँ | यस वर्षको वैशाखदेखि असारसम्मको अवधिमा ३ सय २३ जनाको ज्यान गइसकेको छ ।

बाढी, पहिरो, चट्याङ, डुबान लगायतका प्राकृतिका प्रकोपमा परेर देशैभर सो संख्याका मानिसको ज्यान गुमेको प्रहरी प्रधान कार्यालयले जानकारी दियो ।

१ वैशाखदेखि २५ असारसम्म ३२३ जनाको मृत्यु र ५७ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले दिएको विवरणमा उल्लेख छ ।

त्यस्तै, सोही प्रकोपका घटनाहरुबाट ३ हजार २ सय ९८ परिवार प्रभावित भएका छन् । कार्यालयका अनुसार यस अवधिमा १ हजार १ सय १४ वटा प्रकोपका घटना भएका छन् ।

त्यसैगरी, ८ सय ८५ घरमा आंशिक र ७ सय २० घरमा पूर्ण रुपमा क्षति पुगेको छ । विभिन्न जिल्लामा १ सय ६५ गोठ र १ हजार २ सय ९७ पशु चौपायामा क्षति पुगेको छ ।

जिल्लागत रुपमा मानवीय क्षतिको तथ्याङ्क हेर्दा ३ महिनामा सबैभन्दा बढी क्षति धनुषामा १४ जनाको ज्यान गएको छ ।

यसैगरी, मोरङ १२, झापा र सिराहा ११/११ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालले जानकारी दियो ।

...

सोमबार, २५ असार ०७५ 

प्रतिक्रिया

Related