‘विप्लव नेकपा’को कर्णालीमा बन्दः ५ जिल्लाको जनजीवन प्रभावित

उपभोक्ताले दैनिक उपभोग्य सामान समेत किन्न पाएनन् !
निर्माण सञ्चार, कर्णाली प्रदेश | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण कर्णालीका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ ।

असार २२ गते मुगु गमगडीमा नेकपा कर्णाली ब्युरोले संचालन गरेको एकिकृत जनजागण सास्कृतिक कार्यक्रम भईरहेको अवस्थामा राज्य पक्षले हस्तक्षप गरेको भन्दै विप्लव समूहले बन्द घोषणा गरेको हो ।

बन्दका कारण जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोटको जनजीवन प्रभावित बनेको छ । यातायातका साधन, यात्रुबाहक गाडी तथा मालबाहक गाडीहरु ठप्प भएका छन् ।

शान्तिपुर्ण सांस्कृतिक कार्यक्रम भैरहेको अवस्थामा राज्यले मुगु जिल्ला इन्र्चाज संगम, हुम्ला जिल्ला सेक्रेटरी समाज लगायतका कार्यकर्ताहरु गिरफ्तार गरेको कारण बन्द आह्वान गरिएको नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले जारीको गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

असार मसान्तमा बैंक बन्द हुँदा सेवाग्राही प्रभावित

आर्थिक वर्ष २०७४/०७५ को असार मसान्त लागेकै अवस्थामा बैंक बन्द भएपछि सेवाग्राही प्रभावित भएका छन् ।

चालु वर्षको अन्तिम कारोवार हुने अवस्थामा बैंक बन्द हुँदा निकै समस्या भएको स्थानीय धर्मसिंह कठायतले बताए । उनी लगायत धेरै मानिसले बन्द थाहा नपाएर दुःख पाएको गुनासो गरे ।

बैंकिङ कामले बजार आएका मानिस रित्तै घर फर्किएका छन् ।

० उपभोक्ताले दैनिक उपभोग्य सामान किनमेल गर्न पाएनन्

विप्लब समुहले बन्द आह्वान गरेपछि बजार देखि यातायात सेवा ठप्प भएको छ । उपभोक्ताले दैनिक उपभोग्य सामान किनमेल गर्न पाएनन् भने यात्रुहरु आफ्नो गन्तव्यसम्म पुग्न सकेका छैनन् ।

जुम्लाबाट कालिकोट, सुर्खेत, नेपालगञ्ज, काठमाडौँ लगायत लामो दुरी र छोटो दुरीमा संचालन हुने सार्वजनिक यातायात बन्द भएपछि यात्रुहरु मर्कामा परेका हुन् ।

शिक्षण संस्था कलकारखाना बैकिङ सेवा सबै ठप्प हुँदा सेवाग्राही मर्कामा परेको उद्योग बाणिज्य संघ जुम्लाले जनाएको छ ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

...

सोमबार, २५ असार ०७५

प्रतिक्रिया

Related