सनराइज बैंकको शाखा धुर्कोटमा पनि !

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्य
निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, १०० वटा ए.टि.एम मार्फत् आफ्ना ४ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

....

सोमबार, २५ असार ०७५ 

प्रतिक्रिया

Related