विद्युतीकरण हुँदै जानकी मन्दिर ? भौतिक संरचना उस्तै !

जानकी मन्दिरलाई किन भन्निछ ‘नौं लखा’ मन्दिर ?
निर्माण सञ्चार, काठमाडौँ | जानकी मन्दिरलाई अब विद्युतिकरण गरिने भएको छ ।

सोमबार गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीकोतर्फबाट छोटे महन्थ रामरोशन दासले सो विषयमा संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा. उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसहितको संलग्नतामा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

जनकपुरस्थित जानकी मन्दिरलाई पाँच करोडको लगानीमा विद्युतीकरण गरिने भएको छ ।

हाल अवस्थित जानकी मन्दिरको सौन्दर्यलाई अझै बढाउनका लागि गैर आवासीय नेपाली संघको आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको छ ।

एलईडी चीमको प्रयोग

उक्त मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्जवलीत बनाउन उज्यालो नेपाल अभियानबाट निर्मित कम खपतमा बल्ने एलईडी चीमको प्रयोग गरिने बताइएको छ ।

एरआरएनका अध्यक्ष भट्टका अनुसार मन्दिरको सौन्दर्यीकरणलाई झन् बढी उपयोगी बनाउन सौर्य उर्जाको प्रयोग गरिने योजना छ ।

अध्यक्ष भट्टले मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा कुनै परिवर्तन नगरी विद्युतीकरणको गरिने बताए ।

विद्युतीकरणमा खर्च कसको ?

विद्युतीकरणमा लाग्ने तार, उपकरण, बत्ति आदिको जडानको खर्च एनआरएनले व्यहोर्नेे भएको छ ।

यस वर्षको विवाहपञ्चमी महोत्सव अगावै विद्युतीकरणको काम पूरा गरी मन्दिरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने लक्ष्य लिइएको छ ।

जनकपुर मात्र नभएर नेपालकै नाम विश्वस्तरमा चिनाउने एउटा थलो जानकी मन्दिर रहेकोले यसको सौन्दर्यीकरणका लागि विद्युतीकरणको योजना आउँदा जनकपुरबासी खुशी भएको छोटे महन्थ रामरोशन दासले बताए ।

उनले भने, ‘यो विद्युतीकरणको डिजाईन हेर्दा मन्दिर महल जस्तै देखिने भएको छ ।’

विश्वमा रहेका नेपालीले आफ्नो कमाइबाट दिएको सहयोगले बन्न लागेको सो योजनालाई संरक्षण गर्ने दायित्व स्थानीय तह र प्रदेश सरकारले पूर्णरुपमा बहन गर्नु पर्ने महन्थ दासको भनाइ छ ।

यता गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले भने आफ्नो देश आफैंले बनाउनु पर्दछ भन्ने भावनाको विकास भएमात्र देशको सम्वृद्धि हुन सक्ने बताए ।

कहिले बनेको थियो जनकपूर ?

भारतको टिकमढकी रानी वृषभाणु कुवरीले ई.सं.१९१० मा जानकी मन्दिरको निर्माण गराएकी थिइन् ।

सो अवधिमा उक्त मन्दिरको निर्माण गर्न भारतीय रकम ९ लाख रुपियाँ खर्च भएको थियो । यसैकारण नै यस मन्दिरलाई नौं लखा मन्दिर भन्ने गरिएको छ ।

...

मंगलबार २६ असार ०७५ 

प्रतिक्रिया

Related