पहिलो ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन’सुरुः ८० खेलाडी सहभागी

४९ किलोमिटर दौडको प्रतियोगिता, १० घण्टामा मिट प्वाईन्टमा पुग्नुपर्ने
निर्माण सञ्चार, कर्णाली प्रदेश | कर्णालीमा पर्यटन प्रबद्धनका लागि गरिएको पहिलो ‘जुम्ला रारा अल्ट्रा म्याराथुन’ बुधबार बिहान ६ बजे बाट सुरु हुने भएको छ ।

कर्णाली पर्यटन वर्ष घोषणा गरेसँगै जुम्लाका विभिन्न पर्यटकीय क्षेत्र चन्दननाथ मन्दिर, तातोपानी धारा आदि स्थानमा आउने पर्यटकको वृद्धि हुँदै गएको छ ।

त्यसैगरी, पर्यटन वर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्टस क्लब जुम्लाले असार २७ गते जुम्ला रारा अल्ट्रा म्याराथुन प्रतियोगिता शुरु गरेको हो ।

‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रलाई विश्वमा पहिचान गराई पर्यटन प्रर्वद्धन गर्नका लागि अल्ट्रा म्याराथुन प्रतियोगिताको आयोजना गरेको कर्णाली स्र्पोट क्लबका अध्यक्ष सरोज शाहिले बताए ।

उनका अनुसार खेल क्षेत्रबाटै कर्णालीका विभिन्न ठाउँहरुलाई चिनाउने प्रयास गरिएको छ ।

० प्रतियोगितामा ८० बढी खेलाडी सहभागी

कर्णालीमा पहिलो राष्ट्रिय स्तरको अल्ट्रा म्याराथुन प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय गरी ८० खेलाडी सहभागी भएका छन् ।

जिल्ला बाहिरका मात्रै ३६ खेलाडीले सहभागिता जनाएका छन् ।

विभिन्न प्रतियोगितामा गएर उपाधी पाईसकेका खेलाडीहरु पनि सहभागी छन् । ति मध्ये १६ जना महिला रहेका छन् । बाँकी सबै पुरुष रहेको आयोजकले बताएको छ ।

जुम्ला सदरमुकामदेखि सुरु भएको दौड मुगुको हुटु लेकमासकिने छ ।

अध्यक्ष सरोज शाहिका अनुसार, ४९ किलोमिटर दौड हुने प्रतियोगितामा विजेताका दाबेदार खेलाडीले १० घण्टामा मिट प्वाईन्टमा पुगिसक्नु पर्नेछ ।

उनले भने, ‘जुम्ला रारा अल्ट्रा म्याराथुनको रुड जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाई हुँदै डाँफे लेक, न्याउरीघाट, चौथा, ४ हजार १७ मिटर उचाई रहेको चुचेमारा मिलीचौर हुदै मुगुको हुटु लेक भएर राराताल पुग्ने रहेको छ ।’

उक्त प्रतियोगितामा सोलुखुम्बु जिल्ला, त्रिभुवन आर्मी क्लव लगायतका खेलाडी सहभागी हुने भएका छन् ।

पर्यटन प्रर्वद्धन र खेल क्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समिति जुम्ला, चन्दननाथ नगरपालिका लगायतको समन्वयमा ११ लाख लागत बजेटमा उक्त प्रतियोगिता हुने भएको आयोजक क्लबले बताएको छ ।

० चार ठाउँमा चेकिङ प्वाईन्ट

प्रतियोगिता सुरु हुने जुम्ला सदरमुकाम चन्दननाथ मन्दिरदेखि मुगुको हुटु लेखसम्मका लागि पाँच ठाउँमा खेलाडी चेक वाईन्ट राखिएको छ ।

बाटो भिरालो तथा अप्ठयारो भएका कारण खेलाडी हराउन सक्ने सम्भावना पनि छ ।

जुम्लादेखि मुगु पुगुन्जेल, खाली,चौथा, बुलबुले र चुचामारे लेकमा चेक प्वाईन्ट स्थापना गरिएको कर्णाली स्र्पोट क्लबका सदस्य महेन्द्र कार्कीले बताए ।

उनका अनुसार चेक प्वाईन्टले प्रतियोगितामा सहभागी खेलाडी आए नआएकोबारे जिल्लामा जानकारी दिने छ । खेलाडी अलमल नपरुन र सजिलै रोड पत्ता लगाउन भन्नाका लागि रुड म्यापिङ गरिएको छ ।

पाँच ठाउँमा स्वास्थ्य क्याम्प

जुम्ला रारा अल्ट्रा म्याराथुनमा सहभागी खेलाडीहरुलाई बाटोमा आउने सक्ने स्वास्थ्य खराबीलाई मध्यनजर गर्दै पाँच स्थानमा स्वास्थ्य क्याम्प पनि राखिएको छ ।

नेपाली सेना, प्रतिष्ठान तथा स्वास्थ्य चौकी संगको समन्वयमा पाँच स्थानमा स्वास्थ्य चेकजाँच क्याम्प राखिएको आयोजकले जनाएको छ ।

च्यारे चौर, डापँफे लेक, काब्राचौर र चुचामारे लेककमा स्वास्थ्य क्याम्पका साथ स्वास्थ्य कर्मी तयारी अबस्थामा राखिएको छ ।

साथै जुम्ला रारा अल्ट्रा म्याराथुनलाई सफल पार्न ५० जना स्वयसेवकहरु परिचालन गरिएको छ ।

प्रशिक्षक तथा अन्तराष्ट्रिय धावक जुम्लामा

जुम्ला रारा अल्ट्रा म्याराथुनलाई सफल पार्नका लागि अन्तराष्ट्रिय धावकदेखि एथेलेक्टीकका केन्द्रिय प्रशिक्षक जुम्लामा पुगेका छन् ।

चन्नदननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले, खेलको संस्थागत विकासका लागि एक खेल एक प्रशिक्षकको नीति ल्याएको बताईन् ।

‘खेलाडी हाम्रा सम्पत्ति हुन् उनले भनिन्’, जुम्ला बुलबुले सडकलाई अन्तराष्ट्रिय धावक हरी बहादुर रोकाय राजमार्ग बनाउने पनि बताईन् ।

खेल क्षेत्रको विकासलाई नगरपालिकाले पहिलो प्रथामिकतामा राखेको उनको भनाई छ । अन्तराष्ट्रिय धाविका मिरा राई पनि जुम्ला पुगेकि छिन् ।

कर्णालीलाई चिनाउने आधार मध्ये खेल पनि एक हुने भन्दै म्याराथुनलाई सफल पार्न जुम्ला पुगेको उनले बताईन् । एथ्लेटिक्स संघ केन्द्रिय प्रशिक्षक राजिब शाहले खेल क्षेत्रबाट कर्णाली समृद्धीको सम्भवना देखेको बताए ।

उनले जुम्लाको खेल क्षेत्रको विकासका लागि अबको पाँच वर्षसम्म प्रत्येक वर्ष १ लाखका दरले सहयोग गर्ने घोषणा गरे । जुम्लाबाट शुरु हुने प्रतियोगिता मुगुको रारामा गएर सम्पन्न हुने भएकोछ ।

यो प्रतियोगितालाई एक एैतिहासिक रुपमा लिनु पर्नेमा जोड दिएका छन् ।

कर्णाली प्रदेशबाट सागर परियार

...

मंगलबार, २६ असार २०७५ 

प्रतिक्रिया

Related