पाकिस्तान पेसावरमा फेरि आत्मघाती हमलाः अवामी नेशनल पार्टीका १ नेता सहित १३ को मृत्यु

निर्माण सञ्चार, काठमाडौं । चुनाव दौडकै क्रममा पाकिस्तानको पेसाबरमा आत्मघाती बम हमला भएको छ ।

बम हमलामा अवामी नेसनल पार्टीका एक नेता सहित १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पुष्टि गरेका छन् ।

बम आक्रमणमा अवामी नेसनल पार्टी ९एएनपी०का नेता हारुन बिलोरसहित १३ को मृत्यु भएको पेसाबर सहरका प्रहरी प्रमुख काजी जमीलले जानकारी गराएको पाकिस्तानी समाचार संस्थाहरुले जानएका छन् । आक्रमणमा ५० बढी घाइते छन् ।

गएराति (मंगलबार) अबेर भइरहेको चुनावी कार्यक्रमलाई लक्षित गरी हमला आक्रमणकारीले हमला गरेका थियो । नेता बिलोर कार्यक्रमको स्टेजमा उक्लिनासाथ आत्मघाती हमला भएको थियो ।

घाइते बिलोरलाई तत्कालै अस्पतालमा लैजादै गर्दा उनको मृत्यु भइसकेको थियो । यसअघि पनि गत जुलाईको सुरुतिरै खैबर पख्तुनख्वा प्रान्तमा बम हमला भएको थियो ।

जुन आक्रमणमा मुत्ताहिदा पार्टीका एक उम्मेदवारसहित ७ जना घाइते भएका थिए । बम निरोधक दस्ताका प्रमुख शौकत मलिकका अनुसार गएरातिको आक्रमणमा करिब ८ किलो डायनामाइटको प्रयोग गरिएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।

आउने २५ जुलाईमा आमचुनाव हुँदै गरेको पाकिस्तानमा बम हमलाकारीहरु सक्रिय भएका छन् । आमजनतामा त्रास फैलिएको छ ।

चुनावको मिति नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु बढिरहेका छन् ।

 

 

 

...

बुधबार, २७ असार, ०७५

 

प्रतिक्रिया

Related