बाढीले भक्तपुर र बनेपा डुबानमा !

क्रेन र डुंगाको सहायताले उद्धार, पहिरोले एकै परिवारका तीनको मृत्यु
निर्माण सञ्चार, काठमाडौँ | बुधबारदेखि निरन्तर परेको वर्षाले भक्तपुर र बनेपा डुबानमा परेको छ ।

अविरल वर्षापछि भक्तपुरको हनुमन्ते खोलामा बढेको पानीको वहवले भक्तपुरका विभिन्न स्थान जनमग्न भएको छ ।

बाढी बस्ती नै डुबानमा परेपनि जनजीवन अस्तव्यस्त बनेको महानगरीय प्रहरी परिसले भक्तपूरले जानकारी दियो ।

पहिरोका कारण चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु समेत भएको छ ।

सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । ती बस्ती डुबेपछि यातायात पनि ठप्प भएको छ ।

सर्वसाधरणको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् भने बाढीले गर्दा बजार, शिक्षण संस्था समेत खुलेका छैनन् ।

बाढीमा परेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहीबार बिहानैदेखि उद्धार गरिरहेको छ ।

बाढीले भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी,चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र जलमग्न भएको छ ।

 काभ्रेको बनेपा पनि डुवानमा

काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेको छ ।

काभ्रेस्थित पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका हुन् ।

यसैबीच, पहिरो खस्दा अरनिको राजमार्ग बिहीबार बिहानैदेखि ठप्प छ । काभ्रे भञ्ज्याङमा झरेको पहिरोले आवागमन प्रभावित भएको हो ।

...

बिहीबार २७ असार ०७५ 

प्रतिक्रिया

Related