कात्तिकभित्रै आउला त रेल ?

भारत–नेपाल अन्तरदेशीय रेल सेवा केका लागि ?
निर्माण सञ्चार, काठमाडौँ | भारतको सहयोगमा हाल निर्माणधिन रेलमार्गको निर्माण कार्य कात्तिकभित्रै पूरा गरिने बताइएको छ ।

काठमाडौंमा भारत–नेपाल अन्तरदेशीय रेल सेवा सञ्चालनसम्बन्धी समझदारी पत्रमा छलफलका लागि बसेका संयुक्त कार्य समूहको बैठकले कात्तिकभित्रै रेल ल्याउने गरी कार्य सम्पन्न गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको सो बैठकमा जयनगरदेखि विजलपुर हुँदै बर्दिबास, जोगवनीदेखि विराटनगर, जयनगरदेखि जनकपुर (कुर्था) र जोगवनीदेखि नेपाल भन्सार क्षेत्रसम्मको रेलमार्ग निर्माण कात्तिकभित्रै सम्पन्न गर्ने निर्णय भइसकेको छ ।

समूहको तेस्रो बैठकमा भने रेलवेमा प्रस्तुत स्थानहरुमा भइरहेको प्रगतिको चासो गर्दै रेल सेवा सञ्चालनका लागि आइपर्ने आवश्यकतामा व्यापक छलफल भइरहेका थियो ।

उक्त बैठकको भारतका तर्फबाट रेलवे मन्त्रालयका कार्यकारी निर्देशक (ट्राफिक यातायात) मनोजकुमार श्रीवास्तव र नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले नेतृत्व गरेका थिए ।

समूहको तेस्रो बैठकले चालु चारवटै आयोजना कात्तिकभित्र सम्पन्न गर्ने निष्कर्ष निकालेको छ ।

यो समूहको बैठकले रेलसेवा सञ्चालन, समझदारी पत्रको अन्तिम स्वरुप टुंग्याउने विषयको आवश्यकता पहिचान गर्दै सो काम तीव्र रुपमा सञ्चालन गर्न जोड दिएको थियो ।

यसअघि भारत–नेपाल अन्तरदेशीय रेल सेवाको सञ्चालनका लागि गठित संयुक्त समितिको बैठक असार ५ देखि ६ गतेसम्म काठमाडौंमा नै भएको थियो ।

भारत–नेपाल सीमामा रेलमार्ग केका लागि ?

हाल भारत–नेपाल सीमामा भइरहेको रेलमार्ग पूर्वाधारको कार्य सवारी आवागमनको सहज आवतजावत, सामान ओसारपसार, दुवै देशका जनताबीचको सम्बन्धलाई थप नयाँ उचाई प्रदान गर्न तथा दुई देशबीच व्यापार, वाणिज्य र आर्थिक सहकार्यलाई सुदृढ गर्नका लागि रहेको छ ।

काठमाडौंस्थित भारतीय दूताबासद्धारा जारी विज्ञप्तिमाअनुसार ती बाहेक अन्य पूर्वाधारका विकासका लागि पनि भारत र नेपाल सरकार दुवै प्रतिबद्ध रहेको छ ।

...

बिहीबार, २८ असार २०७५

प्रतिक्रिया

Related