‘ क्षमता अभिवृद्धि’का लागि एफक्यानले गर्यो ५ दिने तालिम

३० जनाको सहभागिताः सबैलाई प्रमाणपत्र वितरण
निर्माण सञ्चार, काठमाडौँ | नेपाल निर्माण व्यवसायी महासंघले क्षमता अभिवृद्धिका लागि आयोजना गरेको तालिम सम्पन्न भएको छ ।

महासंघको सचिवालयमा कार्यरत कर्मचारी सहित केही जिल्ला निर्माण व्यवसायी संघ तथा निर्माण कम्पनीमा आबद्ध कर्मचारीको क्षमता अभिवृद्धिका लागि आयोजित तालिम बुधवार राजधानीमा सम्पन्न भएका हो ।

तालिमको समापन गर्दै निर्माण व्यवसायी प्रर्बद्धन तथा कार्यान्वयन समितिका अध्यक्ष केशव कुमार शर्माले तालिम अवधिमा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दा सरोकारवाला सबैलाई फाइदा पुग्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव समेत रहेका शर्माले कर्मचारीहरु दक्ष भएमात्र निर्माण व्यवसायको काम छिटो छरितो हुने बताए ।

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

महासंघका उपाध्यक्ष समेत रहेका महासंघ अनुसन्धान तालिम तथा विकास समितिका संयोजक रुद्र शर्मा तथा महासचिव रामशरण देउजा लगायतले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए ।

महासंघको आयोजना तथा निर्माण व्यवसायी प्रर्वद्धन तथा कार्यान्वयन समितिको सहकार्य र देवस्वीट डेभलप्मेन्टको व्यवस्थापनमा महासंघ सचिवालयमा आयोजित पाँच दिने तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि, महासंघका पदाधिकारी लगायतले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

...

बिहीबार, २८ असार २०७५ 

प्रतिक्रिया

Related