‘युवाका श्रमसीप देश बदल्नका लागि, अब ५ वर्षमै वैदेशिक रोजगारीको अन्त्य’– श्रममन्त्री

विदेशबाट सिकेको सीप/दक्षता सदुपयोग गर्न सरकालाई युवाहरुको अपील
निर्माण सञ्चार, काठमाडौँ | नेपाल सरकारका श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दक्ष जनशक्ति तथा सीप प्राप्त युवाले देश बदल्न सक्ने बताएका छन् ।

नेपालबाट विश्वका विभिन्न देशमा रोजगारीका लागी गएर नेपाल फर्केकाहरुलाई राज्यको निति तथा कार्यक्रमसंग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा मन्त्री विष्टले त्यस्तो बताएका हुन् ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेको मन्त्री विष्टले नेपाली युवाको सीप देशलाई योगदान र विकासका हुनुपर्ने बताए ।

उनले विदेशिएका युवाले धेरै किसमका पिडा भोग्न बाध्य भइरहेको बताउँदै अबको ५ वर्षभित्र विदैशिक रोजगारका लागि जाने पक्रियाको अन्त्य गर्ने बताए ।

मन्त्री विष्टले भने ‘चर्को व्याजको श्रृण थाप्लोमा हालेर विदेशि भुमिमा भौतारिनु परेको धेरै युवाहरुको अवस्था एकदमै दर्दनाक छ, सरकार यसप्रति निकै गम्भिर भएर त्यस्तो अवस्थाको अन्त्य गर्ने शिलशिलामा छ ।’

युवा जनशक्तिाई देशमै राखेर उत्पादनशिल क्षेत्रमा परिचालन गरि उनीहरुको श्रमसीप प्रयोगमा ल्याउन सरकार कटिवद्ध भएर लागेको मन्त्री विष्टले जानकारी गराए ।

‘देशमा रेमिट्यान्स बढेता पनि विदेशीएका अधिकांश युवा कति तातो घाममा रापिन बाध्य भएका छन् भने कति बाकसभित्र प्याक’ भएर आउने गरेका छन्, यसरी हरेक दिन देशले कयौँ सम्पत्ति गुमाइरहनु परेको छ,’ उनले भने ।

मन्त्रि विष्टले अब विदेशबाट फर्केर आएका आम युवाको सीप तथा श्रमलाई उपयुक्त ठाउँमा परिचालन गरी मुलुकलाई समृद्धिको बाटोतिर लैजाने दाबी गरे ।

मन्त्री विष्टले हाल नेपालको श्रम बजारमा श्रमिक अभाव रहेको तर यहाँका युवाहरु नेपालमा नै काम नगरेर वैदेशिक रोजगारीप्रति आकर्षण रहेको धारणा राखे ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहका सबै स्थानमा रोजगारी सुचना केन्द्र सञ्चालन गरि नेपालमा वैदेशिक रोजगारी क्षेत्रमा देखिएको विकृतिलाई हटाउन सरकार लागि परेको जानकारी दिए ।

कार्यक्रममा डा रमेश पौडेलले वैदेशिक रोजगारीको विगत, वर्तमान र नेपालीहरुले विदेसमा भोग्नुपरेको समस्या नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र विदेसबाट फर्किएकाहरुलाई सामुहिक लगानीमा काम गर्न सहज वातावरण बनाउने लगायतका बिषयहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब ढुङ्गेल, गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायतको उपस्थिती रहको थियो ।

नेपालीहरुको श्रमशक्ति विभिन्न देशले प्रयोग गरेर विकास गरिरहेको अवस्थामा नेपाल सरकारले उक्त श्रम र सीपलाई लत्याइरहेको बताउँदै वैदेशिक रोजगारी प्रबासबाट फर्केका विभिन्न व्यक्तिहरुले अब सरकारले विदेशबाट सिकेको सिप दक्षता र प्रविधिलाई सदुपयोग गर्न आवश्यक रहेको दाबी गरेका थिए ।

...

बिहीबार, २८ असार २०७५

प्रतिक्रिया

Related