युवा संघको अगुवाइमा विपन्नलाई घर, शुद्ध मनले सहयोग गरे कोही भोको र सुकुम्बासी हुनु पर्दैन !

निर्माण सञ्चार, कास्की | दान दिने संस्कृति पूर्वीय सभ्यताकै उच्चतम मानवीय मूल्य मान्यता हो ।

भएकाले धन नभएकाले मन दान दिए समाज मानवीय समाज बन्ने बताउँछन् युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष माधव बास्तोला ।

पोखरा महानगरपालिका अन्तर्गत वडा नम्बर १९ पुरुन्चौरमा लामो समयदेखि सुकुम्बासी सरह जीवन बिताउँदै आएका पर्शुराम नेपालीलाई युवा संघको अगुवाइमा घर बनेको हो ।

विपन्न वर्गका पर्शुरामले यतिबेला ४ कोठे घर पाएका छन् ।

उक्त घर निर्माणका लागि युवाहरुले एउटा आर्थिक सहयोग समिति गठन गरे ।

उक्त समिति सदस्य जनार्दन सुवेदीले बताए अनुसार करिव ३ लाख रुपियाँ लागतमा बनेको सो घर यतिबेला निर्माणको अन्तिम चरणमा छ ।

युवाहरुको अगुवाइमा बनेको उक्त घरको फिनिसिङ पछि विपन्न सदस्य नेपालीलाई हस्तान्तरण गरिने सहयोग समितिका अर्का सदस्य लक्ष्मण रोकाहा बताउँछन् ।

पर्शुराम नेपाली लामो समयदेखि आफ्नो घर नभएका कारण भाइको घरमा बस्दै आएका थिए । उनको ४ जनाको परिवार रहेको छ ।

घर नभएका कारण छरिएर रहेको उनको परिवार अब घर बनेपछि सँगै बस्ने भएपछि उनी औधी खुसी छन् । निर्माण सञ्चारसँग नेपालीले भने, ‘मेरो पुरानो सपना पूरा हुने भयो । मेरो परिवार अब एउटै घरमा बस्न पाउने छ ।

सहयोग गर्ने युवा नेता बास्तोलाज्यू सहित सबैलाई म सधैंभरि सम्झिरहने छु ।’ जग्गा भएपनि रकम नहुँदा उनले घर ठड्याउन नसकेको दुखेसो पोखे । उनले भने, ‘जग्गा त थियो । जम्मा छ आना मात्रै त हो । पैसा थिएन । अर्काको घरमा बस्दा पीडा भयो । हुर्केका छोरीहरु पनि सुरक्षित गर्न नसक्ने पीर । जसरी पनि घर बनाउनु पर्यो भन्दै रुँदै हिँडे । उहाँहरुले ठूलो उपकार गर्नुभयो ।’

पर्शुराम नेपालीको घर निर्माणका लागि भन्दै संघका उपाध्यक्ष माधव बास्तोलाको संयोजकत्वमा केन्द्रीय सदस्य महेन्द्र गुरुङ, कास्की युवा संघका नेताहरु जनार्दन सुवेदी, गिता भण्डारी, लछुमन रोकाहा, रमेश कार्की, राजकुमार बिक आदिको समितिले ५ महिना भन्दा बढी समय खटेर घर बनाउने रकम जुटाएको थियो ।

....

आइतबार ३१, असार २०७५ 

प्रतिक्रिया

Related