शक्ति गौचनले लिए सन्यास

निर्माण सञ्चार, काठमाडौं । क्रिकेटर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

नेपालले यही साउन १३ मा नेदरल्यान्डसँग खेल्ने पहिलो एक दिवसीय खेलको पूर्व सन्ध्यामा राष्ट्रिय क्रिकेट टोलीका भेटरान बलर गौचनले सन्यासको घोषणा गरेका हुन् ।

युरोप भ्रमण जानु अघि गौचनले आफूले सन्यास लिएको एक पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेका हुन् ।

पहिलो एकदिवसीय खेलका लागि नेपाल यही साउन १३ गते लर्डस्मा एमसिसी र नेदरल्यान्डसँग टि–२० सिरिज खेल्न नेपाल त्यतातिर जाँदै छ ।

साउन १६ र १८ मा एकदिवसीय शृंखला चल्ने छ ।

सन्यास घोषणा गरेर भ्रमण निक्लन लागेका शक्तिका लागि यो नै नेपालको तर्फबाट खेलिने अन्तिम औपचारिक खेल बन्ने भएको छ ।

गौचनले आफ्नो सन्यास घोषणा कार्यक्रममा बोल्दै नेपाली दर्शकमाझ नेपालमै एउटा बिदाइ खेल खेल्ने इच्छा रहेको समेत सुनाएका छन् ।

शक्ति गौचनबारे संक्षेप

शक्ति गौचन यतिबेला जुन हाइटमा छन्, उनलाई चिनाउने पृष्ठभूमि पनि त्यतिकै संघर्षशील छ । भैरहवाका लेग स्पिनर गौचन आफ्ना अभिभावकसँग मुम्बई सहरमा बस्दा क्रिकेटको यात्रा सुरु गरेका थिए ।

बल र ब्याटसँग खेल्ने बानी उनको क्रमशः हुर्कंदै गयो । मुम्बई रहँदै उमेर समूहको क्रिकेटमा सहभागी गौचनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए ।

उनले आफ्नो क्रिकेट करियरको टर्निङ प्वाइन्ट भने बंगलादेश टुरलाई मान्दै आएका छन् । गौचनले नेपालका लागि जति खेले, त्यति नै नेपाल चिनाउन पनि खेले । उनका फ्यानहरुले सधैं सम्झने छन् ।

 

 

...

बुधबार, ०२ साउन, ०७५

 

प्रतिक्रिया

Related