जुम्लामा पूर्ण खोपसुनिश्चत पालिका घोषणा

बाल मृत्युदर घटाउने अभियान
निर्माण सञ्चार, कर्णाली प्रदेश | कर्णालीबासी अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा छैनन् ।

पहिलादेखि नै बिना खोप, चेकजाँचका बच्चाहरु जन्माएका ग्रामीण क्षेत्रका स्थानीयहरु ज्ञानको अभावले नियमित खोप लगाउनेबारे महत्व राख्दैनन् ।

यसकारण बच्चहरु अस्वस्थ, लुला÷लँगडा जन्मने तथा मर्नेक्रम चलिरहन्थ्यो । जुम्लामा समयको गतिसँगै स्वास्थ्यका क्षेत्रमा अपेक्षा अनुसारको उपलब्धि भने हुनसकेको छैन ।

सिटामोलका लागि घण्टौँ हिड्नुपर्ने अवस्था अहिले पनि कर्णालीमा विद्यमान छ । तर, स्थानीय सरकार आएपछि स्वास्थ्य क्षेत्रलाई प्रथामिकता साथ हेरिरहेका छन् ।

आम नागरिकलाई स्वास्थ्यको पहुँचमा पुराउनका लागि नीति तथा कार्यक्रममा पनि जुम्लाका स्थानीय तहले विशेष प्रथामिकता दिएका छन् ।

सुरक्षित मातृशिशु तथा बाल मृत्युदरलाई कम गर्न स्थानीय तहले विशेष कार्यक्रम थालेका छन् । पुर्ण खोपपालिका घोषणा, सरसफाई गाउँ घोषणा लगायतका काम भइरहको छ ।

पूर्ण खोप सुनिश्चत पालिका घोषणा

जुम्ला तातोपानी गाउँपालिका २ की छायादेवी परियारले सुनौला हजार दिनको समय अवधिभित्र, र जन्माएको चार पटकसम्म आफ्नी छोरीलाई नियमित खोप लगाएको बताउँछिन् ।

कहिलेकाहि खोप लगाउने समय बिर्से पनि नजिकैकी स्वयम सेविका आएर खोप लगाउन सम्झाउने गरेको उनको भनाई छ ।

उनले भनिन् ‘टोल टोलमा आएर सुत्केरीलाई स्वास्थ्य चेकजाँच, नियमित खोप लगाउनेबारे जानकारी दिईरहेका थिए, चिकित्सकहरुले ।’ तर, त्यो सबै गतिविधि, पुर्ण खोप सुनिश्चत गाउँपालिका घोषणा पुर्व घरधुरी सर्वेक्षण गरिरहेको भन्ने थाहा नपाएको उनको भनाई छ ।

गत बुधबार तातोपानी गाउँपालिकालाई एक औपचारिक कार्यक्रमकाबीच पुर्ण खोप सुनिश्चत गाउँपालिका घोषणा गरिएको छ ।

झण्डै ११ सय बालबालिका रहेको तातोपानी गाउँपालिकामा सबै बालबालिकलाई आवश्यक खोप लगाइएको स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले बताए ।

उनले भने ‘घोषणा गर्नुपहिले गाउँपालिका भरि हामीले घरधुरी सर्वेक्षण गर्दा सबै बालबालिकालाई पुर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पुर्ण खोपयुक्त पालिका घोषण गरिएको हो ।’

‘जन्मिएका शिशुदेखि ५ वर्ष सम्मका सबै बालबालिका पुर्ण खोपको पहुँचमा आएपछि घोषणा गरेका हौँ’ स्वास्थ्य संयोजक उपाध्यायले बताए ।

उनले थपे ‘अझै केही बाँकी रहेको देखिएमा खोज र खोप कार्यक्रम अन्तर्गत सबैलाई खोप दिन्छौँ ।’

घोषणाको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य संस्थाका कर्मचारीदेखि सबै स्वयमसेविकालाई परिचालन गरिने संयोजन उपाध्यायको भनाई छ । बाल मृत्युदर वृद्धि कर्णालीको सदियौँ देखिको समस्या हो ।

यसलाई नियन्त्रण गर्न पुर्ण खोप लगाउनु पर्छ ।

उक्त शुभकार्य तातोपानी गाउँपालिमा भएको भन्दै यसको कार्यान्वयनका लागि विशेष जोड दिनुपर्ने समन्वय समितिका सभापति लाल बहादुर सार्कीले बताए ।

उनले भोलि देश हाक्ने दक्ष जनशक्ति बनाउनका लागि पनि हाल पुर्ण खोप लगाउन आवशयक रहेको भनाई राखे । विशेषगरि महिला स्वयम सेविकाले गरेको योग्दान सराहनीय रहेको जिकिर गरे ।

६ महिनामा जुम्ला पुर्ण खोपयुक्त

जुम्लालाई अबको ६ महिनाभित्र पुर्ण खोपयुक्त जिल्लाका रुपमा घोषणा गर्ने तयारी भईरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहिका अनुसार वडा, गाउँपालिका हुँदै विस्तार पुरै जिल्लालाई खोपयुक्त घोषणा गरिने छ । ‘हाल सर्बेक्षणका काम भइरहेका छन्, हामी लागि परेका छौँ ।’ बढ्दो बाल मृत्युदरलाई घटाउनका लागि जुम्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्न आवश्यक रहेको छ ।’

जुम्लामा सब भन्दा पहिलो, हिमा, दोस्रो सिजा तथा तेस्रो तातोपानी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । बाँकी चन्दननाथ नगरपालिका, गुठिचौर, पातारासी र कनकासुन्दरी गाउँपालिकामा पनि पुर्ण खोप घोषणाको तयारी चलिरहेको छ ।

अबको ६ महिनाभित्रै सबै स्थानीय तह पुर्ण खोपयुक्त घोषणा गरेर जिल्लालाई पनि गरिसक्ने लक्ष्य लिएको प्रमुख शाहीले जानकारी दिए ।

स्थानीय तहको प्रथामिकतामा

स्वास्थ्य समृद्धिका पाँच ‘स’ मध्ये तातोपानी गाउँपालिकाले स्वास्थ्यलाई विशेष प्रथामिकता दिइएको छ ।

तातोपानी गाउँपालिका अध्यक्षले भने, ‘पूर्ण खोप घोषणा हाम्रो पहिलो एजेण्डा हो, तत्काल पुर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्ने योजना लिएका छौँ ।’

स्वास्थ्य क्षेत्रलाई विशेष प्रथामिकताका साथ बजेट छुटाइएको छ । त्यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक भएर लाग्न उनको आग्रह छ ।

अब कुनै पनि बालबालिका खोपको पहुँचबाट बन्चित हुन पर्ने छैन ।

आवशयकताका आधारमा औषधी खरिददेखि स्वास्थ्य क्षेत्रको विकासका लागि स्थानीय सरकारले विशेष योजना बनाएको गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्यायले बताईन् ।

उनले यहाँका आम महिलालाई स्वास्थ्यका सवालमा सचेत बनाउन क्षमता विकासका कार्यक्रमहरु गरिने उल्लेख गरिन् ।

स्वास्थ्यलाई प्रथामिकता दिदैँ झण्डै ५० लाख बढी बजेट विनियोजित गरेको कार्यकारी अधिकृत, खडानन्द चौलागाईले बताए । बजेट कार्यान्वय सही तरिकाले हुनसकेको खण्डमा तातोपानी गाउँपालिका नमुना बन्ने समेत उनको दाबी छ ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

....

आइतबार ३१, असार २०७५

प्रतिक्रिया

Related