विश्वकप फाइनलः कस्ले मार्ला बाजी, क्रोएसिया कि फ्रान्सले ?

२० वर्षपछि सेमिफाइनलबाट फाइनल उक्लिएको क्रोएसिया !
निर्माण सञ्चार, काठमाडौं । ठिक महिना दिन अघि सुरु भएको विश्वकप फुटबल आजको फाइनलसँगै सकिदैछ । यो खेलको उपाधि कस्ले जित्ला यतिबेला धेरैको चासोको विषय पनि बनेको छ ।

हुन पनि हरेक खेलको अन्तिम दिन सबैका लागि चासोको विषय बन्छ नै ।

त्यसमाथि विश्वकप, यसको सबैभन्दा महत्वपूर्ण क्षण नै उपाधि जित्ने क्षण हो । यसको छिनोफानो आइतबार राति पौने ९ बजे हुने खेलले निर्धारण गर्ने छ ।

जुन मैदानमा फ्रान्स र क्रोएसिया भिडन्त गर्ने छन् । आज हुने अन्तिम खेल मस्कोको लुजिन्की रंगशालामा हुँदै छ ।

फ्रान्स भर्सेज क्रोएसिया !

२१ औं भर्सनको फिफा विश्वकप जित्ने दाउमा दुवै देश छन् । यस अघि सरिक भएका बेलायत, ब्राजिल, पोर्चुगल जस्ता देशहरु पनि विश्वकप जित्न भनेरै मैदानमा उत्रिएका थिए ।

आजको अन्तिम खेल फ्रान्सले जितेमा उसले विश्वकप उपाधि संख्या दुई पुर्याउनेछ भने क्रोएसियाले जितेमा उसको पहिलो इतिहासको रचना हुने छ ।

फ्रान्सका मिडफिल्डर ब्लेस माटुडी चोटमुक्त भएका छन् । फ्रान्सले क्रोएसियाविरुद्ध आफ्नो पहिलो रोजाइकै सुरुवाती ११ लाई खेलाउँदै छ ।

 

फाइनल भिडन्तका लागि भिड्ने मुहार ?

आज हुने विश्वकप फुटबलको फाइनलका लागि क्रोएसिया र फ्रान्सले सुरुआती ११ जना रहेको टिम घोषणा गरेका छन् ।
 
तस्वीरमा रहेको मुहारहरुले सुरुआती खेल खेल्ने छन् ।
 
जसअनुसार फ्रान्सेली टिममा गोलकिपर – हृयुगो लोरिस, डिफेन्डर – बेन्जामिन पभार्ड, राफेल भराने, स्यामुअल उमटीटी, लुकास हर्नान्डेज, मिडफिल्डर – पोउल पोग्वा, एन्जेलो कान्टे, ब्लेस माटुडी, स्ट्राइकर – एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरउड रहेका छन् ।
 
त्यस्तै, क्रोएसियाले गोलकिपर – डानियल सुवासिक, डिफेन्डर – सिमे भरसाल्ज्को, इभान स्टिनिक, डेजान लोभरेन, डेमागज भिडा, मिडफिल्डर – इभान र्‍याकिटिक, लुका मोडरिक, मार्सेलो ब्रोजोभिक, स्ट्राइकर – इभान पेरेसिक, मारियो मान्जुकिज, एन्टे रेबिकलाई अघि सारेको छ ।

कस्तो थियो अतीत ?

यस अघि क्रोएसियासँगको ५ खेलमा फ्रान्स अपराजित रहेको छ । तीन खेल जितेको छ भने दुई खेल बराबरीमा थन्कियो । उक्त खेलमा फ्रान्सले ९ गोल गरेको छ भने ३ गोल खाएको छ ।

२० वर्षपछि सेमिफाइनलबाट फाइनल उक्लिएको क्रोएसिया !

क्रोएसिया पहिलो पटक विश्वकप खेल्दा सन् १९९८ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यतिबेला पनि उसले फ्रान्ससँग नै २–१ को पराजय व्यहोर्नु परेको थियो ।

क्रोएसिया र फ्रान्सबीच २००४ को युरो कपमा समूह चरणमा भेट हुँदा २–२ को बराबरी भएको थियो । २०११ मा भएको मैत्रीपूर्ण खेलमा भने गोलरहित बराबरी भएको थियो ।

२१ औं भर्सन विश्वकपमा कस्तो रह्यो यी दुवैको प्रदर्शन ?

समूह चरणदेखिकै कुरा गर्दा, फ्रान्सले समूह चरणमा अस्ट्रेलियालाई २–१, पेरुलाई १–० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेल्न पुग्यो ।

अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले हराएको फ्रान्स क्वार्टरफाइनलमा उरुग्वेलाई २–० ले हराएर जित हाता पार्न सफल भयो ।

तर, उसका लागि सेमिफाइनल पनि सुखद नै रह्यो । लयमा देखिएको बेल्जियमलाई १–० ले हराएको थियो ।

त्यस्तै, क्रोएसियाले ?

क्रोएसियाका हकमा भन्नु पर्दा, समूह चरणमा नाइजेरियलाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्यान्डलाई २–१ ले हराएको थियो ।

अन्तिम १६ मा डेनमार्कसँग १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा ३–२ ले विजयी भयो । क्रोएसियालाई भाग्यले साथ दिएका रुपमा विश्वभरकै दर्शकहरुले भने ।

क्वार्टरफाइनलमा पनि टाइब्रेकरमै विजयी हुनु उसका लागि २१ औं विश्वकप संयोग मात्र रहेन, सुखद पनि रहन गयो । तर, क्वार्टरफाइनलमै उसको रसियासँगको भिडन्त फेरि पनि बराबरीमै पुग्यो ।

तर टाइब्रेकर नै उसका लागि यो चरणमा पनि भाग्यदाता बनेर आयो । २–२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुन पुग्यो । उसको भाग्य चम्किने क्रम रोकिएन ।

बलियो मानिएको इंग्ल्यान्ड जस्तो टिमलाई सेमिफाइनलमा २–१ ले पराजित गरेपछि उसको अपराजित यात्राले फाइनल प्रवेश पाएको छ ।

यही क्रम रहे विश्वकपको विजेता नै क्रोएसिया हुने धेरैले अनुमान गरेका छन्, यतिबेला ।

फ्रान्ससँग कस्तो ?

यसभन्दा अघि एक खेल गोलरहित बराबरी खेलेको फ्रान्सले समग्रमा १० गोल गरेको छ भने ४ गोल खाएको छ । सबै खेल जितेको क्रोएसियाले १२ गोल गरेको छ भने ५ गोल खाएको छ ।

फ्रान्सले ६ खेलमा ३७ प्रहार गरेको थियो भने क्रोएसियाले ३८ प्रहार गरेको थियो । जसमा पोस्टको दिशामा फ्रान्सले २३ प्रहार गरेको थियो भने क्रोएसियाले २५ प्रहार गरेको थियो ।

पास गराइमा हेर्दा क्रोएसिया अघि देखिएको छ । क्रोएसियाले ३ हजार २ सय ९३ पास सही खेलेको थियो भने फ्रान्सले २ हजार ७ सय ६८ पास खेलेको थियो ।

तुलनात्मक रुपमा हेर्दा, क्रोएसिया खेलमा धेरै हिसाबले उत्तम टिमका रुपमा देखिएको छ ।

यसहकमा फ्रान्स पनि कमजोर रहेको छैन । आजको रात, ९० मिनेट वा थप ५ मिनेटले चालू विश्वकपको मैदानबाट दुई मध्ये एकलाई विजयको माला पहिर्याउने छ ।

प्रतीक्षा गर्ने बाहेक हामीसँग बाँकी के नै पो छ र !

 

 

...

आइतबार, ३१ असार, ०७५

 

प्रतिक्रिया

Related