राष्ट्रपति कोलिन्दाको कमाल, विश्वकप नजिते पनि मन जित्यो क्रोएसियाले !

निर्माण सञ्चार, एजेन्सी । रसियामा भएको २१ औं भर्सनको फिफा विश्वकपको अन्तिम नतिजाका लागि आइतबार पौने ९ बजेबाट खेल सुरु भयो ।

जुन खेल हेर्न क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबेल कितारोबिच पनि मैदानमै आएकी थिइन् ।

खेलाडीकै ड्रेसमा मैदानीको मन उकास्न दर्शक दीर्घामा बसेर फुटबल हेरिरहेकी उनले आफ्ना खेलाडीलाई यति धेरै माया दिइन्, कि उनको चर्चा नभइरहन सकेन ।

खेल जित्ने फ्रान्स, तर मन जित्ने क्रोएसिया भन्दै धेरैका मुखले वाचन गर्यो ।

आखिर क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपको उत्कृष्ट खेलाडी बनेबाटै पनि क्रोएसियाको खेल उत्कृष्ट रहेछ भन्नेमा कुनै खोट लगाउने ठाउँ देखिदैन ।

फगत् गोलपोस्ट ताकेजसरी नै गोल गर्न मात्र चुकेका हुन् ।

२१ औं विश्वकपका उत्कृष्ट खेलाडी बनेका मोदरिकले अन्ततः गोल्डेन बुट पाएका छन्, टिमले खेल हारेपनि क्रोएसियाले विश्वकै नजरमा नयाँ रेकर्ड बनाउन भने सफल भएको छ ।

उपाधिका लागि खेलिएको अन्तिम खेलले क्रोएसियालाई आगामी विश्वकपमा कसैले कम आँक्नै नसक्ने टोलीका रुपमा सन्देश छाड्न सफल भएको हो ।

पटक पटक गोल पोस्ट ताके पनि गोल गर्न चुक्दा क्रोएसिया दोस्रो स्थानमै सीमित बन्न पुग्यो । एक पटक रेफ्री र करिब ७ पटक गोलपोस्ट चुम्नबाट ऊ चुक्यो ।

जसको परिणाम ऊ दोस्रोमै सीमित रहन पुग्यो ।

यसपालाको खेलमा पुराना इतिहासहरु भत्कदै आएको थियो । विश्व कप फुटबलमा रहेको एकखाले सिन्डिकेट (पुराना ब्रान्डकै खेलाडी माथि पर्ने नजर) तोड्दै क्रोएसिया जतिको टिम फाइनलमा पुगेपछि धेरैले उसले खेल जितेको हेर्न चाहेका थिए ।

खेलमा अब्बल देखिने क्रोएसिया उपाधिको अन्तिम खेलमा पनि लगभग ७० प्रतिशत भन्दा बढी समय बल आफ्नै कब्जामा लिन सफल भएको थियो ।

उसको लयमा खेल थियो । तैपनि गोलमा ऊ चुक्न पुगेको थियो । आइतबार राति भएको उपाधि भिडन्तमा फ्रान्सबाट  ४–२ अन्तरले क्रोएसिया पराजित भयो ।

खेल हेर्न पुगेका रसियन राष्ट्रपति पुटिन, न त फ्रान्सेली राष्ट्रपतिले चर्चा पाए, बरु क्रोएसियाली पहिलो महिला राष्ट्रपतिले गरेको मानवीय व्यवहारका कारण उनी विश्वकै दर्शकहरुको मन जित्न सफल भइन्

फ्रान्सले भने यो २० वर्षपछि दोस्रो उपाधि उचालेको हो । खेलको १८ औं मिनेटमा फ्रान्सले आत्मघााती गोलमार्फत अग्रता लिएको थियो ।

कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । जुन गोल विश्वकप इतिहासमै फाइनलमा भएको पहिलो आत्मघाती गोल बनेर रहेको छ ।

तर, फ्रान्समाथि निरन्तर दबाव बनाएको क्रोएसियाले २८ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । इभान पेरिसिकले बराबरी गोल गरेका थिए ।

तर, क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लियो ।

कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्यान्ड गरेपछिको पेनाल्टीले फ्रान्सका एन्टोनि ग्रिजम्यानको खुट्टाबाट अर्काे गोल पाउन सफल भयो ।

रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायताले पेनाल्टीको निर्णय गरेका थिए, यसलाई क्रोएसियनहरुले रेफ्रीले गरेको विभेदका रुपमा समेत हेरेका छन् ।

फ्रान्सले उपहार गोलकै कारण अग्रता लिएको थियो जुन घटनापछि खुसी मनाउँदै फ्रान्सेली राष्ट्रपति समेत खेल हेर्न मस्को पुगेका थिए ।

तर, खेल हेर्न पुगेका रसियन राष्ट्रपति पुटिन, न त फ्रान्सेली राष्ट्रपतिले चर्चा पाए । बरु क्रोएसियाली पहिलो महिला राष्ट्रपतिले गरेको मानवीय व्यवहारका कारण उनी विश्वकै दर्शकहरुको मन जित्न सफल भइन् ।

क्रोएसियाली खेलाडीको उत्कृष्ट प्रदर्शनले पनि धेरैको मन यसै पनि जितेकै थियो । दोस्रो हाफमा बलमाथि क्रोएसियाले फेरि पनि नियन्त्रण गर्न सफल नै भएको थियो ।

तर, पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेल सोचे भन्दा फराकिलो अन्तरमा जित हारको फैसला भयो ।

तुलनात्मक रुपमा क्रोएसियाली गोलकिपर पनि कमजोर देखिएका थिए । फ्रान्सेली ग्रिजम्यानले दिएको पेनाल्टी रोक्न उनले गरेको प्रयत्न नै निकै कमजोर देखिन्छ । जबकि, समात्नै नसकेपनि त्यति कमजोर भने देखिन आवश्यक थिएन । 
 
फाइनल खेलको भिडियो
 

 
क्रोएसिया पराजयको एउटा कडी बन्न पुग्यो गोलकिपरको कमजोर प्रस्तुति, जुन दृश्य खेलको उक्त भिडियोमा पनि देख्न सकिन्छ ।

फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे । क्रोएसियाका लागि मारियो मान्जुकिजले ६९ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

तर, पनि क्रोएसियाले गरेको २ गोल जितका लागि काफी हुने अवस्थै थिएन । फ्रान्सले ४ गोल गरिसकेको थियो ।

मन जित्ने खेलाडी, मन जित्ने राष्ट्रपति

इतिहासमै पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाले उपाधि चुम्ने ठूलो सपना बुनेको थियो

पराजय पछि आँसु थाम्न नसकेका खेलाडी र राष्ट्रपति कोलिन्दा ग्राबर कितारोबिचको भावुक दृश्य कम रोचक देखिएन ।

ट्रफी वितरणकै बेला ठूलो वर्षा भइरहेकै थियो । तैपनि राष्ट्रपति ग्राबर कितारोबिचले आफ्ना खेलाडीलाई सान्त्वना दिदै अँगालो हालिरहेकी थिइन् ।

आफ्ना खेलाडीको सफलताका लागि टिमको जर्सी नै लगाएर उनी दर्शक दीर्घामा रहेकी थिइन् भने आफ्नो देशको मन्त्रिपरिषद् बैठक समेत खेलाडीको जर्सी नै लगाएर राखेकी थिइन् । जुन घटना विश्वकपको इतिहासमै लेखिनेवाला छ ।

आफ्नो खेलाडीहरुको हौसला बढाउन खेलाडी सङै प्लेनमा आवत जावत गर्ने, आफ्नो समर्थकहरुको हौसला बढाउन स्टेडियममा दर्शकसँगै बसेर खेल हेर्न, हौस्याउने, जस्ता दृश्यहरु विश्वकै दर्शकहरुका आँखामा थिए ।

 तस्वीरमा क्रोएसियाली राष्ट्रपति र रसियन राष्ट्रपति सँगसँगै, तस्वीर स्रोतः एजेन्सी ।

 

 

...

सोमबार, ३२ असार, ०७५

 

प्रतिक्रिया

Related