एनएमबि बैंकको ११० औँ शाखा सप्तरीको तिलाठीमा

बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम
निर्माण सञ्चार, काठमाडौँ | एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमाभित्रै देशका विभन्न जिल्लाका गाउँपालिका, नगरपालिका तथा बैकिङ पहुँचबाट टाढा रहेको स्थानहरुमा एनएमबिले नयाँ शाखाहरु खोलेको हो ।

यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ ।

यस बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्सको ७५ शाखा संजाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ पहुँच पुर्याइएको छ ।

साथै यसले स्थानीयहरुलाई वित्तीय सहभागिता गराएर जीवनस्तरमा सकारात्मक प्रभाव पारेको बैंकबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तीअनुसार सरल बैकिङ सेवा सबै वर्ग समुदायको पहुँच पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

...

सोमबार, ३२ असार २०७५  

प्रतिक्रिया

Related