यो विश्वकपका २ चर्चित खेलाडीः पेले जस्तै एम्बाप्पे, गोल्डेन बुट पाउनेमा मोडरिकले

ह्यारी केन, सर्वाधिक गोलकर्ता-- जिते गोल्डेन बुट
निर्माण सञ्चार, एजेन्सी । २१ औं फिफा विश्वकप आयोजक राष्ट्र रसियाबाट बिदा भएपनि यसको चर्चा भने ताजै छ । यतिबेला २ खेलाडी विशेष चर्चामा छन् ।

फ्रान्सका केलियन एम्बाप्पे र क्रोएसियन टिमका कप्तान लुका मोडरिक । एम्बाप्पेलाई मानिसहरु पेलेपछिको पेलेका रुपमा हेरिरहेका छन् ।

फुटबलमा पेले यस्तो स्वर्ण अक्षर हुन जो युग युग बाँचिरहन्छन् । तर, उनको युग सकिएको आधा शताब्दी पछि एम्बाप्पेलाई पेलेकै हाराहारिमा चित्रण गरिएको छ ।

उनी विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् ।

फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरेका थिए । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडीका रुपमा चिनिएका हुन् ।

ब्रजिलियन स्टार पेलेले सन् १९५८ को विश्वकपमा गोल गर्दा १७ वर्ष २४९ दिनका थिए ।

त्यस्तै, यसअघि उनले विश्वकपको एकै खेलमा २ गोल गर्दा ६० वर्ष अघि पेलेको रेकर्ड पनि यस्तै रहेको भन्दै एम्बाप्पेलाई पेलेकै बराबरीमा हेरिएको छ ।

फ्रान्सको पेले उपनाम पाएका एम्बाप्पेले पेलेलाई पछ्याइहेको मिडियाहरुले पनि तुलना गरेका छन् ।

फ्रान्सेली खेलाडी एन्टिनियो ग्रिजम्यान पनि चर्चामा छन्, तर एम्बाप्पेका विशेष गुणले उनलाई पछि पार्दै एम्बाप्पे आगामी दिनमा चम्किने धेरैले आँकलन गर्न थालेका छन् ।

एम्बाप्पेले रुस विश्वकपको उत्कृष्ट युवा खेलाडी सम्मान अर्थात् पदक पाएका छन् ।

मोडरिक, जसको नाउँ मेस्सीकै नियतीका रुपमा लिइन्छ

रसिया विश्वकपमा धेरैको मन जित्न सफल क्रोएसियन टोलीका कप्तान लुका मोडरिकको नियतीलाई मेस्सीका हाराहारीमा हेरिएको छ । मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी बनेका छन् ।

उनले गोल्डेन बुट हाता पारेका छन् । तर, शनिबार भएको फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले हारेको क्रोएसियाको हार र मेस्सीले पनि गोल्डेन बुट पाएको तर अर्जेन्टिनाले पाएको हार उस्तै रहेको छ ।

ठिक ४ वर्ष अघि अर्जेन्टिनाका लिओनल मेस्सीको अवस्था यस्तै थियो ।

फाइनलमा अर्जेन्टिना जर्मनीसँग हारेको थियो तर, मेस्सीले गोल्डेन बल जितेका थिए ।

ह्यारी केन, सर्वाधिक गोलकर्ता

रसिया विश्वकपमा इङ्ग्ल्याण्डका ह्यारी केनले सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जितेका छन् । यो विश्वकपमा उनी एक्लैले ६ गोल गरेका छन् ।

यो विश्वकपको गोल्डेन ग्लोब विजेता बन्न सफल भएका छन् बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियस ।

पढौं यो पनि

कसले लैजाला विश्वकपको ‘गोल्डेन बुट’ ?

 

 

 

 

...

सोमबार, ३२ असार, ०७५

 

प्रतिक्रिया

Related