साना किसान वित्तीय संस्थाको साधारण सभा सम्पन्नः कोको निर्वाचित ?

६८ जिल्लाका विपन्नलाई लघुवित्त सेवामा जोड्न सफल
निर्माण सञ्चार, काठमाडौँ | साना किसान विकास लघुवित्त वित्तीय संस्थाको गत शुक्रबार (असार २९) स्टाफ कलेज, ललितपुरमा विशेष साधारण सभा सम्पन्न भएको छ ।

सोही कार्यक्रममा सर्वसाधारणका तर्फबाट सञ्चालक समितिमा उमेश लम्साल र भुपेश छत्कुलीलाई निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, व्यवस्थापनमा स्नातकोत्तर लम्साल र विज्ञानमा स्नातकोत्तर छत्कुली दुबै जना यस वित्तीय संस्थाको सञ्चालक समिति निर्वाचीत भएका छन् ।

ती दुवै जाना सर्वसाधारण शेयरधनीका तर्फबाट दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । उक्त बैंक लघुवित्तका लागि थोक कर्जा उपलब्ध गराउने गरी स्थापित राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको बैंक हो ।

यस वित्तीय संस्थाले ०७५ जेष्ठ मसान्त सम्ममा ६८ जिल्लाका करिब ७ लाख विपन्न तथा साना किसान परिवारलाई लघुवित्त सेवामा जोड्न सफल भएको छ ।

यस संस्थाको लगानीमा रहेको कर्जा १६ अर्ब ७५ करोड रुपियाँ पुगेको छ ।

...

सोमबार, ३२ असार २०७५

प्रतिक्रिया

Related