सनराइज बैंकको कलंकी शाखा स्थानान्तरण

अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकसमक्ष पुर्याउने उद्देश्य
निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले कलंकी शाखालाई, कलंकी वडा नं. १४ साविकको स्थानबाट करिव ५० मि.को दुरीमा स्थानान्तरण गरेकोे छ ।

आईतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा बैंकका संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड र ज्योति कुमार बेगानीले कलंकी शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरिएको बैंकले बताएको छ ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ९० वटा शाखा, १०० वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनीका रुपमा सनराइज क्यापिटल लिमिडेट समेत रहेको छ ।

...

सोमबार, ३२ असार २०७५ 

प्रतिक्रिया

Related