सबैका आँखामा लुका मोडरिक: उनी भन्छन्, ‘हामीले हारेका छैनौँ’

निर्माण सञ्चार, मस्को | विश्वकपमा सर्वश्रेष्ठ खेलाडीका रुपमा गोल्डेन बल जितेसँगै क्रोएसियाका कप्तान लुका मोडरिक सबैको आँखामा परेका छन् ।

यो संघर्षका पर्याय मोडरिकले उपविजेता भएपनि उत्सव मनाउने बताइरहँदा झनै मानिसहरु उनीप्रति उत्साहीत भएका छन् ।

विश्व कप फाइनलमा फ्रान्ससँग २–४ को हारपछि निकैबेरसम्म रोएका मेड्रिचले हामीले हारेका छैनौँ, उत्सव त मनाउछौँ भनेर सबैलाई चकित बनाएका छन् ।

पदक ग्रहण जाने क्रममा रोइरहेका मेड्रिचलाई राष्ट्रपति किटारोविचले समेत अंकमाल गर्दै धेरै बेर सम्झाएकि थिइन् ।

गोल्डेन बल जितेसँग रियल मड्रिडका मिडफिल्डर मोड्रिचले भने, ‘पक्कै पनि यो सम्मान मेरा लागि प्रिय छ । मलाई चुनेकोमा फिफालाई धन्यवाद दिन्छु । तर, म म विश्वकप जित्न चहान्थेँ ।’

विश्वकप जित्न नसकेपछि अब केही समय आराम गरेर उत्सव मनाउने उनको भनाई छ । विश्वकप नजितेको अवस्थामा यो पनि क्रोएसियाका लागि धेरै ठुलो कुरा हो ।

तर पनि मलाई अहिले ‘तितिमिठो’ महसुस भने भइरहेको छ,’ उनले भने । आफूहरुले प्राप्त गरेको उपलब्धीमा गौरव लागेको मोड्रिचले बताए । ‘हामीले जे गर्यौँ, त्यसमा हामीलाई गर्ब छ ।

तर, फाइनलमा हारेपछि थोरै दुःख लागेको छ ।’ फाइनलमा भन्दा पहिले क्रोएसियाले तीन नकआउट म्याच अतिरिक्त समयमा जितेको थियो ।

तर उपाधि भिडन्तको पहिलो हाफमा दबदबा बनाउनुका बावजुत क्रोएसिया दुर्भाग्यशाली रह्यो ।

...

सोमबार, ३२ असार २०७५ 

प्रतिक्रिया

Related