जुम्लामा बन्यो देशकै तेस्रो ठुलो शान्ति स्तुपा !

३० करोड लागत, योगदान मुगाली समुदायको
निर्माण सञ्चार, कर्णाली प्रदेश | जुम्ला पछिल्लो समय पर्यटकीय जिल्लाका रुपमा विकास हुँदै गएको छ ।

संघियतापछिको कर्णाली प्रदेश सरकारले जुम्लालाई पर्यटकीय शहरका रुपमा विकास गर्नेे योजना समेत अघि सारेको छ । त्यसोत कर्णालीमा पर्यटकीय सम्भाव नै सम्भावना छ ।

जुम्लाको चन्दननाथ, भैरबनाथ मन्दिर, विश्वको अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो, पातारासी हिमाल, तातोपानी, गुठिचौर पाटन, लगायतका क्षेत्र जुम्लाका आकर्षक पर्यटकीय स्थलहरु हुन् ।

त्यसैमा, जुम्ला र मुगुमा बस्ने मुगाली समुदायले हालै निमार्ण गरेको देशकै ठुलो शान्ती स्तुपाले जुम्लाको पर्यटन विकासमा टेवा पुर्याउने विज्ञहरु बताउँछन् ।

सदरमुकामको दक्षिणपट्टी सिंगाचौरस्थित झण्डै ७२ हजार फिट अग्लो र ३२ फिट चौडाई रहेको शान्ती स्तुपा निमार्ण भईरहेको छ ।

जुम्ला, मुगु र काठमाडौँमा बस्ने मुगाली समुदायको आफ्नै सक्रियतामा बन्दै गरेको शान्ती स्तुपाले जुम्लाको सौन्र्दयमा नयाँ आयाम थपेको पर्यटन विकास केन्द्र जुम्लाले बताएको छ ।

त्यहाँ बौद्ध र स्वयम्वुपछि नेपालकै सबभन्दा ठुलो स्तुपा निमार्ण गरिएको छ ।

२०६८ सालबाट निमार्ण शुरु गरिएको स्तुपाको ९० प्रतिशत काम सकिएको निमार्ण संयोजक फुर्वा छिरिङ लामाले बताए । प्यागोडा शैलीमा निमार्ण भईरहेको स्तुपामा नुनदेखि सुन प्रयोग गरिएको लामाको भनाई छ ।

सो स्तुपामा हिंसा नहोस भन्ने सोचले, हतियार, तथा तरबार, भोकमरी नहोस तथा उत्पादन बृद्धिका लागि विभिन्न अन्नपात, हालिएको छ ।

फुर्वा छिरिङ लामाले भने, ‘विभिन्न धातुदेखि अमेरिकाबाट सहयोग भएको झण्डै २८ टन किताब मात्रै स्तुपा निमार्णका क्रममा भित्र हालिएको छ ।’

उक्त स्तुपा हिमालयन पिस एसोसियसको माताहतमा निमार्ण भईरहेको हो ।

 ३० करोड रकम  लाग्ने

९० प्रतिशत काम सकिसकेको यस स्तुपाको झण्डै २६ करोड बढी रकम खर्च भइसकेको फुर्वा छिरिङ लामा बताउँछन् । बाँकी १० प्रतिशत काम सकिदाँ करिब ४ करोड खर्च लाग्ने अनुमान गरिएको उनको भनाई छ ।

खर्चको ७५ प्रतिशत रकम सबै मुगाली समुदायले व्यहोरेका हुन् ।

जुम्लामा बस्ने झण्डै २ सय बढी मुगाली, मुगुमा तथा काठमाडौँमा बस्ने मुगालीहरुले स्तुपा निमार्णका लागि एक हजारदेखि ३ लाखसम्म व्यक्तिगत दान गरेका छन् ।

यसैगरी, स्तुपा निमार्णका लागि गत वर्षको सांसद विकास कोष अन्तर्गत कालिकोटका प्रेम बहादुर शाहीले ५० लाख, जुम्लाका बल बहादुर महतले २० लाख, दिनवन्धु श्रेष्ठ १ लाख, ललिजजंग शाहि, १ लाख, साविकको जिविसबाट १ लाख गरी ७३ लाख सहयोग प्राप्त भएको थियो ।

पर्यटन मन्त्रालयबाट पनि क्रममागत रुपमा अहिलेसम्म ३७ लाख रकम प्राप्त भएको छ । लाखौँ पर्ने २८ टन किताब, केही मंहगा मुर्तिहरु लगायतका सामान विदेशबाट सहयोग स्वरुप प्राप्त भएका छन् ।

केही मुर्तिहरु भने किन्न बाँकी छन् ।

निमार्ण प्रक्रियामा सरकार तथा अन्य दातृनिकायबाट २५ प्रति मात्रै सहयोग पाइएको मुगाली समुदायले बताएका छन् ।

सो स्तुपामा सबै मुगाली समुदाय दैनिक बिना ज्याला काम गर्ने गर्छन् ।

चित्रकार ग्रिमे लामाले भने ‘ज्याला जोड्ने हो भने त ३५ करोडसम्म पुग्ने देखिन्छ, एकै दिनमा मात्रै ७० बढी कामदालाई ज्याला दिनु परेको छ ।’

जुम्लालाई पर्यटकीय जिल्लाका रुपमा विकास गर्ने मनसायले मुगाली समुदायले स्तुपा निमार्ण गरेको बताउँछन् । जुम्लाकै एक आर्कषकका रुपमा रहेको स्तुपामा जाँदा पुरै जुम्ला सदरमुकामको दृष्य अवलोकन गर्न सकिन्छ ।

आउने कार्तिकमा उद्घाटन गरिदै

निर्माणधिन देशकै ठुलो शान्ती स्तुपा आउँदो कार्तिकमा उद्घाटन गरिने चित्रकार ग्रिमे लामाले बताए ।

उनले भने, ‘अहिले चित्रकोर्ने, रंगरोगन गर्ने, बुद्ध जन्मका बारेमा शिलालेख लेख्ने तथा मुर्ति प्रतिस्थापन गर्ने काम भईरहेको छ । ’

तीन महिनाभित्र सबै निमार्ण काम सकेर आउने कार्तिकमा भुटानी धर्मगुरु तथा नेपालका पर्यटन मन्त्रीको संयुक्त बाहुलीमा उद्घाटन गर्ने योजना रहेको मुगाली संघका अध्यक्ष कामा ठिले तामाङले बताए ।

१ सय देखि माथि दान दिनेको नाम पनि शिलालेखमा लेखिने अध्यक्ष तामाङ जानकारी दिए ।

उनले जुम्लाकै सम्पत्तिका रुपमा लिएर यसको संरक्षण तथा प्रबद्धनमा सबैले जोड दिए आर्थिक समृद्धिको आधार बन्ने दाबी गरे ।

० जुम्लामा बढ्दै पर्यटन गतिविधि जुम्लामा पछिल्लो समय पर्यटन विकासका गतिविधि बढ्दै गएका छन् ।

यहाँका विभिन्न सम्भावनाहरुलाई चिनाउन तथा जुम्लालाई पर्यटकीय शहरका रुपमा विकास गर्नका लागि अल्ट्रा म्याराथनदेखि पुर्वाधार विकासमा स्थानीय तहले विशेष योजना अघि सारेका छन् ।

पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक समृद्धिलाई मध्यनजर राख्दै पर्यटनका गतिविधि अघि बढाइएको पर्यटकीय तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए ।

उनले भने ‘पर्यटन पुर्वाधार पदमार्ग निमार्णका लागि ३० लाख बढी बजेट विजियोजित गरिएको छ ।’

चन्दननाथ नगरपालिकाले घण्टाघर निर्माण !

यता, चन्दननाथ नगरपालिकाले पनि घण्टाघर निमार्ण थालेको छ ।

बलबहादुर महत पर्यटन राज्यमन्त्री हुँदा जुम्लाका ६० वटा वडामै मन्दिर निमार्ण भएका छन् ।

साथै साना–साना स्तुपा पनि निमार्ण भएका छन् ।

यहाँका स्थानीय तहले पर्यटन विकासबाट आर्थिक लाभ सजिलै लिन सक्ने भएकाले विशेष जोेड दिइएको बताइएको छ ।

 कर्णाली संवाददाता सागर परियार

...

मंगलबार, ०१ साउन, २०७५ 

प्रतिक्रिया

Related