कहिले बन्छ रानिपोखरी ? बोलपत्रको यस्तो छ तयारी

महानगरपालिका गर्यो हरिभवन भत्काउन र रानीपोखरी पुनर्निमाणका लागि सँगै बोलपत्र आह्वान
निर्माण सञ्चार, काठमाडौँ | भूकम्प गएको तीन वर्ष पूरा भइसक्दा पनि रानिपोखरी अलपत्र अवस्थामै छ । नेपालको पहिचान, काठमाडौँको आकर्षक स्थान रानिपोखरी हिजोआज मरुभूमि जस्तै बनेको छ ।

वरिपरिका वातावरण स्वच्छ देखाउने, आम मानिसलाई हेर्दै आनन्दित बनाउने यसअघिका रानिपाखरी जसैगरी अब कहिले बन्ला भन्ने आम मानिसलाई लागिरहेको छ ।

सोही अवस्थामा महानगरपालिकाले भने आगमी एक हप्ताभित्र रानीपोखरी पुनःर्निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

यससँगै हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी पनि महानगरले गरेको छ ।

कामपाका सहप्रवक्ता नवराज ढकालले हरिभवन भत्काउन र रानीपोखरी पुनःनिर्माणका लागि सँगै बोलपत्र आह्वान गरिने जानकारी दिए ।

पुनःनिर्माणको काम जतिसक्दो चाडो गर्नका लागि हरिभवन भत्काउन आह्वान गरिने बोलपत्र बढीमा एक महिनाको मात्रै रहने सहप्रवक्ता ढकालले बताए ।

वैशाख ०७२ मा गएको विनाशकारी भूकम्पकले सुन्धारास्थित हरिभवन र रत्नपार्कमा रहेको रानीपोखरीलगायत धेरै ऐतिहासिक सम्पदामा क्षति पुर्याएको थियो ।

...

मंगलबार, ०१ साउन, २०७५

प्रतिक्रिया

Related