‘छोरी बचाऊ’ अभियानः प्रति छोरी ३ हजार

‘छोरी हेपिने’ तराईमा अभियानले ल्यायो सकारात्मक परिवर्तन
निर्माण सञ्चार, काठमाडौँ | विराटनगर महानगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप ३ हजार पुरस्कार दिने भएको छ ।

प्रति छोरी ३ हजार दिने गरी महानगरपालिकाले पुरस्कार वितरण थालेको हो । महानगरले महिलालाई प्रोत्साहनस्वरुप गरेको यस्तो कार्यले विराटनगरबासी उत्साहित भएका छन् ।

दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब महानगरबाट ६ हजार रुपियाँ प्राप्त गर्नेछन् ।

दुई छोरी पाएका विराटनगरका कतिपय महिलाले ६ हजार रुपियाँ प्राप्त समेत गरिसकेका छन् । पुरस्कार वापत्को सो रकम प्राप्त गर्न भने आमाबुबा दुबैले विभिन्न सर्तहरु अनिवार्य पूरा गर्नुपर्दछ ।

महानगरपालिकाले तोकेको मापदण्डअनुसार आमा २० बर्ष उमेर पूरा गरेकी हुनैपर्छ । गर्भ बसेपछि कम्तिमा ७ पटक सम्म चेकजाँच गरेको हुनैपर्छ । त्यस्तै, बच्चा घरमा नभएर स्वास्थ्य संस्थामै जन्माएको हुनुपर्छ ।

योसँगै आमा नेपाली नागरिक हुनैपर्नेछ ।

उपमेयर इन्दिरा कार्कीका अनुसार महानगरपालिकाले ‘छोरी बचाऊ’ योजना अन्तर्गत गत आर्थिक बर्षमा १९ वटै वडाबाट पहिलो छोरी जन्माउने ५६ दम्पतिलाई ३–३ हजारका दरले १ लाख ६८ हजार रुपियाँ वितरण गरिसकेको छ ।

उपमेयर कार्कीले भनिन्, उपमेयर कार्कीले भनिन्, ‘पहिलो सन्तान जन्मेपछि लिङ्ग पहिचान गरेर गर्भ तुहाउने परम्परा विकसित भइरहेकाले त्यसलाई निरुत्साहित गर्न ३ हजार पुरस्कार प्रदान गर्ने योजना ल्याएको हौँ ।’

छोरी बचाउ अयिभानका लागि गत आर्थिक वर्षमा महानगरपालिकाले ६ लाख रुपियाँ छुट्याएको थियो । यो अभियानलाई महानगरले चालु आर्थिक बर्षमा पनि निरन्तरता दिएको छ ।

महानगरमा चालु आर्थिक बर्षका लागि १० लाख रुपियाँ छुट्याइएको छ ।

महानगरपालिकाले ‘छोरी पढाऊ’ अभियान पनि पहिलोपल्ट सञ्चालनमा ल्याएको छ ।

यसका लागि १० लाख रुपियाँ विनियोजन गरिएको छ ।

‘छोरी बचाऊ, छोरी पढाऊ’ योजनासँगै महानगरपालिकाले सरकारी विद्यालयका पढ्ने छात्राहरुका लागि सेनिटरी प्याड वितरण गर्न पनि योजना समेत अगाडि सारेको छ ।

...

बीहिबार ०३ साउन, २०७५ 

 

प्रतिक्रिया

Related