कलंकी–नागढुंगा सडकः सरकारले नबनाएपछि स्थानीयले थाले सडक मर्मत !

‘निर्माण जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनलाई कार्वाही गर्न स्थानीयको आग्रह’
निर्माण सञ्चार, काठमाडौँ | वर्षौदेखि असरल्ल अवस्थामा रहेको कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सडकका खाल्डा पुरेर विरोध जनाएका छन् ।

‘हाम्रो सडक हामी बनाउँछौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर स्थानीयले सडकमै नाराबाजी गरेका छन् ।

आइतबार बिहानै कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाव समितिले यस्तो सांकेतिक विरोध प्रदर्शन गरेको हो ।

राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन बन्द गरेरै सडकमा उत्रिएका स्थानीयको प्रदर्शनले सवारी समेत अस्तव्यस्त बनेको थियो ।

लामो समयदेखि कलंकी–नागढुंगा सडक निर्माण सुरु भएता पनि अझै सम्पन्न नहुँदा स्थानीय मारमा परेका छन् ।

सडक निर्माण अलपत्र हुँदा घाम लाग्दा धूलो–धुँवा, पानी पर्दा हिलोको सामाना गर्न स्थानीय बाध्य भएका छन् ।

सरकारलाई पटक–पटक ताकेता गर्दा पनि अटेर गरेको स्थानीय बताउँछन् । सरकालाई यसरी दबाब दिँदा समेत अटेर गरेको देख्दा दुःख लागको स्थानीयको दुखेसो छ ।

यस सडको जिम्मा लिएर लापरबाही गरेको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कर्वाही गर्न स्थानीले सरकारसँग आग्रह गरेका छन् ।

यससँगै कलंकी–नागढुंगा सडक जतिसक्दो चाडो निर्माण गरेर स्थानीयसहित यात्रुहरुलाई सुविधा दिन सरकार समक्ष अनुरोध गरेका छन् ।

...

आइतबार, ६ साउन २०७४ 

प्रतिक्रिया

Related