ग्रील तथा स्टील ब्यवसायी संघ शंखमूलको अधिवेसन सम्पन्नः नयाँ कार्यसमिति चयन

अवैध किसिमले सञ्चालित ग्रील व्यवसायीलाई कानुनी दायरामा आउन अध्यक्ष कटुवालको आग्रह
निर्माण सञ्चार, काठमाडौँ | ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालमा आबद्ध ग्रील तथा स्टील ब्यवसायी संघ शंखमूलको अधिवेसन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले अधिवेसन उद्घाटन गरेका थिए ।

अध्यक्ष कटुवालले अवैध किसिमले सञ्चालित ग्रील व्यवसायीहरुलाई सरकारको कानुनी दायरामा आई व्यवस्थित र मर्यादित भएर समयमै गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरे ।

नेपाल सरकारले तोकेको मुल्य सुचिलाई आधारमानी महासंघले तयार गरेको ग्रील जन्य सामाग्रीहरुको उपभोक्ता मुल्य सुचिलाई आफनो उद्योगमा अनिवार्य रुपमा राख्न समेत आग्रह गरे ।

हालै स्थानीय निकायले आफु खुशी कर निर्धारण गरी असुल उपर गर्न थालेकोमा व्यवसायी ससंकित भएको हुँदा व्यवसायीहरुले स्वतस्फुर्त तिर्नसक्ने गरि स्थानीय व्यवसाय कर निर्धारण गर्न अध्यक्ष कटुवालको अनुरोध छ ।

उनले सरकारले श्रमिकको न्युनतम पारिश्रमीक ९ हजार ७०० बाट बढाएर १३ हजार ४ सय ५० गरेको अवस्थामा अब उत्पादकत्व बढाउनुको बिकलप नरहेको हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

नयाँ कार्यसमिति चयन

ग्रील तथा स्टील ब्यवसायी संघ शंखमुल बुद्धनगरका अध्यक्ष पुर्ण गोतामेको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले पुनः पुर्ण गोतामकोे नेतृत्वमा नयाँ कार्यसमितीको चयन गरिएको छ ।

जसमा सचिव दिनेश भट्टराई कोषाध्यक्ष रिक्साङ लामा , सदस्यहरुमा मान बहादुर तामाङ र गणेश गोतामे निर्वाचित भएका छन् ।

...

सोमबार, ७ साउन २०७५ 

प्रतिक्रिया

Related