यूएई सरकारले दियो अबैध नागरिकलाई वैधानिक बन्ने अवसर !

कामदार भिसामा रहेकाले मात्रै सुविधा पाउने
निर्माण सञ्चार, | यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने तथा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ ।

यूएई सरकारले आउँदो अगष्ट १ तारिखदेखि लागू हुने गरी एम्नेष्टी जारी गर्ने बताइएको छ ।

जुलाई २३ तारिखमा इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएका हुन् ।

अवैध कामदारले वैध हुने वा विना जरिवाना आफ्नो देश फर्किन पाउने उनको भनाई थियो ।

अब भिसा वा पासपोर्टको म्याद सकिएका अवैध कामदारले न्यूनतम पाँच सय दिराम तिरेर कुनै पनि कम्पनी वा व्यक्तिगत रुपमा भिसा लिएर काम गर्न वा यूएईमै बसोबास गर्न पाउँनेछन् ।

त्यसैगरी, आफ्नो देश फिर्ता हुन चाहेमा कुनै जरिवाना तिर्नुपर्ने छैन ।

तीे सुविधा लिएर आफ्नो देश जाने जोकोही भविस्यमा पुनः यूएई आउन पाउने साहिदले दाबी गरे । उनीहरुलाई यूएईमा काम गर्न वा घुम्न कुनै प्रतिबन्ध लाग्ने छैन ।

कामदार भिसामा रहेकाले मात्रै यो सुविधा पाउने उनको भनाई छ ।

 ...

सोमबार ०८ साउन, २०७५ 

प्रतिक्रिया

Related