बजेट अभावकै कारण निर्माणधीन पुल अलपत्रः अझै कति आवश्यक ?

हालसम्म कति बने पुल ? कति अलपत्र
निर्माण सञ्चार, काठमाडौँ | बजेट अभावकै कारण मुलकका पुलको निर्माण कार्य अलपत्र परेका छन् । राष्ट्रिय राजमार्ग र स्थानीय सडकमा हाल निर्माणधिन अवस्थामा छन् ।

जसमध्ये कतिपय पुलको निर्माण कार्य भने अन्तिम चरणमा पुगेका छन् ।

वर्षौ पहिलादेखि जिम्मा लिएका सहित गरी साढे आठ सय पुलमा अलपत्र परेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले बताएको छ ।

ती पुलका निर्माण थालनी भइसकेपछि सरकारले अति आवश्यक बजेट समेत विनियोजना नगर्दा समस्या भएको हो ।

कति रकम आवश्यक ?

जिम्मा लिइसकेको तथा निर्माणका अन्तिम चरणमा पुगेको साढे आठ सय बढी पुलमा अझै ४० अर्ब रुपियाँ सरकारले निकासा गर्नुपर्ने पुल महाशाखा प्रमुख तथा सडक विभागका उपमहानिर्देशक अर्जुनजंघ थापाले दाबी गरे ।

० कति बन्यो पुल ? आर्थिक वर्ष २०७४/०७५मा विभागले बनाउने पुलको संख्या नौ सय २६ वटा रहेको थियो । गत आवका लागि सरकारले ८८ वटा पुल निर्माण सक्ने गरी लक्ष्य लिएको थियो ।

सोहीकारण हालसम्म निर्माण सम्पन्न भएको पुलको काम लिइएको लक्ष्यका आधारमा आधा भन्दा काम हो ।

 ३८ पुल सम्पन्न नभएको सूचीमा !

पुल बने पनि एप्रोच सडक निर्माण (पुललाई सडकमा जोड्ने काम) नभएकाले ३८ वटा पुल सम्पन्न नभएको सूचीमा राखिएको बताइएको छ ।

अब ती सबै पुल निर्माण चालु आवको पहिलो त्रैमासमै सम्पन्न हुने भएको छ ।

‘सरकारले आवश्यक बजेट निकासा नगरेकै कारण हालसम्म निर्माणाधीन अधिकांश पुल बिजोग अवस्थामा छन्,’ उनले भने ‘सरकारले वार्षिक बजेट थोरै दिने र धेरै कामको जिम्मेवारी दिने भएकाले सो समस्या आएको बताउँछन्, उपमहानिर्देशक थापा ।

गत आवमा काम भएका तथा जिम्मा दिएइएर काम अगाडि बढेका पुलकै लागि डेढ अर्ब रुपियाँ भुक्तानी बाँकी रहेको महाशाखा बताउँछ ।

पुल विभागले कति गर्यो काम ?

अर्थ मन्त्रालयको सहमति पाएर गत वर्ष पुल विभागले ११ अर्ब ५० करोडको काम गरेको थियो ।

सोहीमध्ये थप बजेटसहित १० अर्बको भुक्तानी भइसकेको भएपनि अझै डेढ अर्ब रुपियाँ भुक्तानी दिन बाँकी छ ।

उक्त भुक्तानी चालु आवको बजेटबाट गरिनेछ।

 टुंगो नलागेको पुल कति ?

एक दशकअघि देखि सुरु गरिएको निर्माणाधीन पुलमध्ये एक दसक अघि विभागका अनुसार सुरु गरेका तर अझै कहिले सकिन्छ भनेर टुंगो नलागेका पुलको संख्या करिब ४० वटा रहेको छ ।

के कारण बन्दैनन् पुल ? के हुन् समस्या ?

तोकिएको समयमा पूरा सम्पन्न नभएका पुलमध्ये कुनै निर्माण व्यवसायीको लापर्बाही, कुनैमा प्राविधिक त्रुटि त कुनैमा डिजाइन परिवर्तन गर्नुपर्दा लागेको समयसहितले ढिलो भएको पुल महाशाखाको भनाई छ ।

यसैगरी, फाउन्डेसनको समस्या, कम बजेट निकासा, जग्गा विवाद, स्थानीयको अवरोध, लोकेसनमा समस्यालगायत कारणले पनि पुल निर्माण अलपत्र परेका विभागको जिकिर छ ।

विभागका अधिकारी भन्छन्, ‘सरकारले पाँच करोड लाग्ने पुललाई वार्षिक २० लाख मात्रै बजेट दिनुले नै पुल निर्माणका काम समयमै नसकिनु सबैभन्दा ठूलो समस्या हो ।’

हालसम्म कति पुल स्वीकृत हुन बाँकी ?

सरकारले गत आवमा पुल महाशाखाबाट मात्रै नौ सय २६ वटा पुल निर्माण अगाडि बढाएको थियो ।

जसमध्ये ३८ वटा पनि पुल निर्माण सम्पन्न भइसकेको तर अन्तिम स्वीकृति नभएको अवस्थामा छन् भने ३७ पुलको निर्माण कार्यले पूर्णता पाइसकेको छ ।

ती ७५ वटा पुल घटाउँदा समे अझै साढे आठ सय पुल निर्माण बाँकी हुन्छ ।

...

बिहीबार १० साउन, २०७५ 

 

प्रतिक्रिया

Related