तीज आयो कम्मर मर्काउँदै प्रमिला

निर्माण सञ्चार, काठमाडौं । गायिका प्रमिला पुनको नयाँ तीज गीत ‘यस पालि त नाचिँन्छ कम्मर मर्काउदै’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

नेपाली महिलाहरुको विशेष पर्व तीजको अवसर पारेर गायिका प्रमिला पुनले यो म्युजिक भिडियो बजारमा ल्याएकी छन् ।

गीतमा के छ ?

आयो लौन तीज, लाउदीन यहाँ चीज, पटुकी बेर्नु है ।

तिमीले गीत गाउनु, मै कम्मर बाँचुला, सबैले हेर्नु है ।

हिन्दु परम्परागत रुपमा मनाउँदै आएको पर्व तीज महिलाहरुको महान पर्व भन्दा फरक पर्दैन ।

यही अवसरलाई सदुपयोग गदै छिन् गायिका प्रमिला पुन, म्युजिक नेपालको प्रस्तुतिमा यो तीज गीतलाई बजारमा ल्याएको छ ।

गीत यति लोकप्रिय भइरहेको छ कि यूट्युब च्यानलमा दिनानुदिन भ्युअरहरु बढिरहेको प्राड्युसरको दाबी छ ।

गीतलाई धेरैले मन पराएका छन् भने लक्ष्मी अधिकारीले बल्ल कम्मर मर्काएर नाँच्न मिल्ने गीत आएको भन्दै कमेन्ट दिइरहेकी छन् ।

रातो सारी फरर, सरर सर्काउदै

यसपाली त नाचिँन्छ कम्मर मर्काउदै ।।

यो लयमा रहेको उक्त गीतले प्रतिस्पर्धाको बजारमा धेरै भन्दा धेरै दर्शक तथा श्रोताको मन जित्नेमा गायिका पुन ढुक्क छिन्।

यस गीतमा मोडल बिनु खड्काको आकर्षक नृत्य रहेको छ भने बबुल गिरीले उत्कृष्ट संगित प्रस्तुत गरेका छन् । तर गायिका प्रमिला पुनको यो पहिलो तीज गीत भने होइनन् ।

उनीले धेरै गीतहरुमा स्वर दिईसकेकी छिन् । यो तीजको गीतलाई आम तीज प्रेमी महिलाहरुले कतिको माया गर्ने हुन् त्यो हेर्न बाँकी नै छन् ।

यो गीतको म्युजिक भिडियो निर्माण गरेका हुन् युवा भिडियो डाइरेक्टर तथा एडिटर अशोक मल्लले । मल्ल यो पुस्ताका अलराउन्डर व्यक्तित्व हुन् ।

 

 

 

...

शुक्रबार, ११ साउन, ०७५

 

प्रतिक्रिया

Related