सुदृष्टिको तीजः ‘तृतीय तिथिमाँ

म्युजिक भिडियो सहित आयो व्यापक चर्चामा
निर्माण सञ्चार, काठमाडौं । म्युजिक भिडियो एडिटर तथा युवा निर्देशक अशोक मल्ल आफ्नो प्रतिभा तीजका दिदी बहिनी शृंगारमा दिइरहेका छन् यतिबेला ।

हिन्दू नारीहरुको महान पर्व अर्थात् एकखाले स्वतन्त्रताको अनुभूति दिने सांस्कृतिक पर्व तीजले यतिबेला छोप्नै लागिसकेको छ ।

यही मौकामा तीजको कोशेली लिएर आएकी छन् नवगायिका सुदृष्टि राई । जसको म्युजिक भिडियो निर्देशन गरेका हुन् मल्लले ।

तिजको मौलिकता भन्दा पनि कमेडी वा ग्ल्यामर प्रस्तुत गरेर यूट्यूवतिर आकर्षित भएको यतिबेला तीजका स्रष्टाहरु भन्दा फरक रहेर सुदृष्टि राईले मौलिकता बोकेको दाबी गर्छिन् ।

नभन्दै उनको गीत सुन्यो कि मन मनमौजी नाँच्न थाल्छ । विहीबार एक कार्यक्रमका बीचमा उनले यो भिडियो सार्वजनिक गरेकी छन् ।

म्युजिक भिडियो हेर्न र सुन्न तल क्लिक गरौं

https://youtu.be/2acmfrre1YA?t=128

यसले कति लाख मानिसको मन छुने हो अब हेर्न बाँकी रहेको निर्देशक मल्ला बताउँछन् ।

तिजको गीत गाउने सबैभन्दा कान्छि गायिकाको रुपमा सबैले चर्चा गरिरहेको बेलामा उनले ल्याएको तिज गीतले तृतीय तिथिमा तिज बरिलै भन्दै तिजको अवसरमा रमाइलो गरौं नाचौं भन्ने सन्देशसहित बजारमा आएको छ ।

महान चाड हो चेलीको वर्ष दिनका तीज ।

खुसी बाँडौं सबै रामाऔं साथी सँगी बीच ।।

भर्खरै ११ पढ्न लागेकी गायिका राई झापा दमकी हुन् तर उनले पश्चिमी शैलीको तिज गीत गाएकी छन् । यो गीतको शब्द सुमन श्रापितले लेखेका हुन् भने बीबी अनुरागीले संगीत भरेका छन् ।

सुदृष्टि राई सानै उमेरदेखि पूर्वमा हुने विभिन्न स्टेज कार्यक्रममा समेत गाउँदै आएकी छन् । हिन्दी, नेपाली गीतमा उनले आफ्नो जादूमय आवाज भर्दै आएकी छिन् ।

गीतसंगीतमा नै निरन्तर रमाउँदै सबैले चिन्ने नाम बनाउन उनी गायनलाई रोजेकी हुन् ।

आफ्नो भविष्यलाई गायनमा फलाउने फूलाउने सपना बोकेकी राई भन्छिन्, ‘म गीतसंगीतका लागि मरेर मेहनत गर्छु । मेरो भविष्य यसमै छ । सबैले आफ्नो मनको कुरा पनि यही गीतमा पाउनु हुन्छ ।

 

 

 

...

शुक्रबार, ११ साउन, ०७५

 

प्रतिक्रिया

Related