दुर्गम बस्तीमा विद्यालय बन्दा गाउँले खुशी

निर्माण लगानीमा १९ लाख ८० हजार, शौचालय निर्माणमा सिडिपिको ९ लाख
निर्माण सञ्चार, कर्णाली प्रदेश | २१ औँ शताब्दीमा आफनै रफ्तारले परिर्वतन तथा विकास भईरहेको छ । त्यसमा पनि समय अनुसारको शिक्षा अति नै महत्वपुर्ण विषय बनेको छ ।

गाउँगाउँमा आधारभुत विद्यालय, बाल विकास केन्द्र, तथा ईसिडि कक्षाहरु संचालन भई विद्यार्थीको मनोभावना अनुसारको शिक्षण गराई टिकाउ, विकाउ र सिकाउ जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य छ ।

तर, अहिले सम्म पनि गाउँमा विद्यालय नभएको जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा वर्षौैपछि विद्यालय भवन बन्दा गाउँउमा खुसीयाली छाएको छ ।

शिक्षाबाट साना बालबालिका तथा घण्टौ पदैल हिडने दुखबाट मुक्त हुने भन्दै रावतवाडाबासी खुसीले गदगद भएका छन् । सोही गाउँमा बसन्त आधारभुत नामक विद्यालय संचालन भएको पनि केही वर्ष भएको छ ।

तर पनि अहिले सम्म ३ कक्षाका विद्यार्थीहरुलाई २ कोठा भवनभित्र कोचाकोच गरेर पढाउनु पर्ने अवस्था रहेको शिक्षकहरु बताउँछन् ।

‘पढाउने कता,कार्यालय कता, अब शौचालय खानेपानीको त कुरै नगरौँ शिक्षक बसन्त प्राविका विव्यस अध्यक्ष गोर कामीले भने, ‘निकै कष्टका साथ विगतका दिन काट्दै अघि बढ्यौँ ।’ ‘अहिलेसम्म गाउँमा एक सरकारी जागरि खाएको मान्छे छैनन्, गाउँमा कोही जाने बुझेका पनि त्यति चासो दिदैन्’ अध्यक्ष कामीले भने, ‘गाउँमा भर्खर स्थापना भएको विद्यालय विभिन्न अभाव चुनौतीकाबीच चलिरहेको छ ।’

दातृ निकायको सहयोग बिना संचालनमा कठिनाई रहेको उनको भनाई छ ।

अशिक्षित र सबै भन्दा हेपिएको रावतबाडा गाउँलाई अबको २/३ वर्षमा नमुना गाउँ तथा गुणस्तरी शिक्षा प्रदान गरी सचेत गाउँ बनाउने संकल्प गरेको अध्यक्ष कामीले बताए ।

सबै एकढिक्का भएर जानुपर्ने उनको जोड छ ।

रावतबाडाको बसन्त आधारभुत विद्यालय अभावमा चलिरहेको थियो । जब, सामुदायिक विकास कार्यक्रम सिडिपीले दुईकोठे भवन छात्र र छात्राको शौचालय खानेपानी धारा निमार्ण गर्यो, रावतवाडा बासीमा पनि खुसीयाली छायो ।

‘जुम्लामा रहेका च्याउ जस्तै कुनै गैससको आँखा यो गाउँमा पुग्न सकेन, स्थानीय महिला जालगेडी कामिले भनिन्, ‘तर सिडिपीले यहाँको खास समस्यालाई मध्यनजर गरी, २ कोठा विद्यालय भवन, शौचालय निमार्ण गरी गाउँमा खुसी दिएको छ ।’ हामी निकै खुसी छौँ र सिडिपीको योगदान र सहयोग प्रति आभारी छौँ भन्दै रावतवाडाका महिला तथा बालबालिकाले विभिन्न गित मार्फत पनि भनेका छन् ।

सबैलाई शिक्षाको पहुँचमा ल्याउन सिडिपीले गरेको सहयोग सरायिन भएको गाउँलेको भनाई छ । 

‘हामीले यहाँको वर्तमान अबस्था र समस्यालाई मध्यनजर गर्दै विद्यालय भवन निमार्ण गरेका हौँ’, सिडिपीका जिविकोपार्जन परियोजना अधिकृत अर्जुन नेपालीले भने, ‘समुदायको जीवनस्तर माथि उकास्नु नै हाम्रो मुख्य उपलब्धी हो ।’

विद्यालय भवन निमार्णमा, १९ लाख ८० हजार र शौचालय निमार्णमा ९ लाख रुपियाँ सिडिपीले सहयोग गरेको उनले बताए ।

भवन निमार्ण संगै गाउँलेमा छाएको खुसीलाई सार्थक बनाउन, सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा परियोजना अधिकृत नेपालीले जोड दिए ।

अब यही विद्यालयबाट पढाएर देशका दक्ष जनशक्ति उत्पादन हुने प्रधानाध्यापक हरीबाबु चौलागाईले दाबी गरे ।

भवन बन्दा स्थानीयमा छाएको खुसी जस्तै यहाँ पढेका बालबालिकाले प्रगती गरेपछि फेरी खुर्सी फर्काउने सकल्प गरेको उनले बताए । अहिले विद्यालयमा १ सय बढी विद्यार्थी अध्यायनरत छन् ।

अझै विद्यालयमा समस्या छन्, दरबन्दीको आबश्यकता छ । भर्खर एक दरबन्दी मात्रै आएको छ भने ३ जना शिक्षक निजि स्रोतका छन् ।

अर्धसरकारी निकायहरुले समुदायमा गरेको प्रसंगायोग्य कामको दिर्गकालिन विकासका लागि स्थानीय सरकारले विशेष अनुदान सहयोग गर्ने तातोपानी गाउँपालिकाका उपाध्यक्ष गंगा उपाध्यायले बताईन् ।

उनले भनिन्, ‘सिडिपीले बस्ने व्यवस्था गरिदियो, गाउँलेमा एक प्रकारको खुसी छाएको छ, तर स्थानीय सरकार दिर्गकालिन खुसी छाउने काम गरेरै छाड्छौँ ।’

शनिबार भवनको उद्घाटन तथा वार्षिक उत्सव कार्यक्रममा स्थानीय अगुवा तथा विद्यार्थी महिलाले, रावत बाँडालाई समृद्धीको पाईला चाल्न अबसर आएको र अबसरको प्रयोग सबै मिलेर गर्नुपर्ने जोड दिएका थिए ।

शिक्षाका हिसाबले पछि परेको रावतवाडा गाउँलाई शैक्षिक नमुना गाउँका रुपमा विकास गर्न सबैलाई एकबद्धता भएर अगाडी बढाउने वडापालिकाको योजना छ ।

रावतवाडा गाउँलाई नमुना बनाउन तथा बसन्त आधारभुत विद्यालयको विकासका लागि पुर्ण समर्थन रहने गाउँबासीले बताएका छन् ।

कर्णाली प्रदेशका संवाददाता सागर परियार

...

बिहिबार, १७ साउन २०७५

प्रतिक्रिया

Related