सनराइज बैंक लिमिटेडको तुल्सीपुरमा शाखा बिस्तार

आफ्ना ग्राहकहरुलाई सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने बैंकको उद्देश्य
निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं ५ दाङमा आफ्नो शाखा बिस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन तुल्सीपुर उप–महानगरपालिकाका उप मेयर माया आर्चायले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितीमा गरेकि थिइन् ।

सो शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देशयसहित बैंकले ९१ वटा शाखा, २३ वटा शाखारहित बैंकिङ्ग सेवा ४ वटा एक्सटेन्सन काउण्टर, १०५ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

...

बिहिबार, १७ साउन २०७५ 

प्रतिक्रिया

Related