बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने बैंकको उद्देश्य छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईश्वरपुर नगरपालिकाका अध्यक्ष राम करण महतोले एक समारोहका बीच गरेका थिए ।
सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि अमरसिंह कुशवाहालाई पोइन्ट अफ सेल मेसिन बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले हस्तान्तरण गरेका थिए ।
साथै बैंकको बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देशय प्रष्ट पारेका थिए ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
...
बिहिबार, १७ साउन २०७५
प्रतिक्रिया