सुर्खेतमा लक्ष्यभन्दा ४४ प्रतिशत बढीले राजश्व संकलन, साँढे २८ करोड इतिहासकै नमूना

निर्माण सञ्चार, कर्णाली प्रदेश । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आर्थिक २०७४÷७५ मा गत आवको तुलनामा यो वर्ष अपेक्षा भन्दा बढी राजश्व संकलन भएको छ ।

जिल्ला मालपोत कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४–७५ मा आफ्नो प्रक्षेपित लक्ष्यभन्दा बढी राजश्व संकलन भएको जनाएको हो ।

आव २०७४/७५ मा जिल्ला मालपोत कार्यालय सुर्खेतले २८ करोड ५४ लाख ५१ हजार ६ सय ५१ राजश्व रुपियाँ राजश्व संकलन गरेको जनाएको छ ।

जग्गा रजिस्ट्रेसनबाट मात्रै ११ करोड ४२ लाख २८ हजार रुपियाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा मालपोत कार्यालय सुर्खेतले २७ करोड ८७ लाख ४७ हजार ६ सय ९५ रुपियाँ राजश्व संकलन गरेर सबैलाई चित खुवाएको छ ।

जिल्ला मालपोत अधिकृत कृष्णप्रसाद पोखरेलले दिएको जानकारी अनुसार विभिन्न शीर्षकबाट सोचेभन्दा राम्रो राजश्व संकलन भएको हो ।

तिनमा जग्गा राजीनामा, अंशवण्डा, सट्टापट्टा, छोडपत्र, संगोलमा, दर्ताफारी, अंश भर्पाई, दृष्टिबन्धक, नाताभित्र तथा बाहिरको बकसपत्र, पतिपत्नीको संगोलनामा, बण्डाफारी र दानपत्रजस्ता लिखत पारितबाट २७ करोड ८७ लाख ४७ हजार र अन्य शीर्षकबाट रु ६७ लाख ३ हजार ८५६ रुपियाँ गरी कुल २८ करोड ५४ लाख ५१ हजार ६ सय ५१ रुपियाँ राजश्व संकलन भएको छ ।

विगत वर्षमा भन्दा वर्तमान सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व नीतिमा गरेको कडाइले थप बल पुगेको कार्यरत कर्मचारी नै स्वीकार गर्छन् ।

मालपोत अधिकृत पोखेरलका अनुसार सबैभन्दा बढी जग्गा राजीनामाबाट राजश्व संकलन भएको छ ।

नायब सुब्बा आचार्यका अनुसार गत वर्षभन्दा २०–२५ प्रतिशत जग्गाको मूल्याङ्कन बढ्नु र बैंकिङ सेवामा ऋण प्रवाह हुनुले पनि लक्ष्यभन्दा बढी राजश्व संकलन भएको हो

जसअनुसार २३ करोड ३४ लाख ९१ हजार ९ सय २५ रुपियाँ राजश्व उठेको छ ।

धितो बन्धकबाट २ करोड १४ लाख ५३ हजार र नाता भित्रको बकसपत्र पारितबाट १ करोड १७ लाख ७१ हजार ७ सय ८५ रुपियाँ राजश्व संकलन भएको छ ।

महिलासहित विभिन्न वर्गलाई राज्यले दिएको सुविधाअनुसार गएको वर्ष ४ करोड ९ हजार १ सय ९६ राजश्व छुट दिइएको छ ।

कार्यालयका नायब सुब्बा दुर्गाप्रसाद आचार्यले लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजश्व उठेको दाबी गरे ।

राजश्व संकलन लक्ष्यभन्दा उठ्नुको प्रमुख कारण पहिलो सुर्खेत राजधानी तोकिनु र सरकारले पनि राजश्व अनुशासनलाई कडाइ तुल्याउनु रहेको स्थानीयबासी बताउँछन् ।

नायब सुब्बा आचार्यका अनुसार गत वर्षभन्दा २०–२५ प्रतिशत जग्गाको मूल्याङ्कन बढ्नु र बैंकिङ सेवामा ऋण प्रवाह हुनुले पनि लक्ष्यभन्दा बढी राजश्व संकलन भएको हो ।

मालपोत कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा पनि यस वर्षको भन्दा दोब्बरले राजश्व वृद्धि हुने अपेक्षा राखेको छ ।

 

___

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

मंगलबार, १५ साउन, ०७५

 

प्रतिक्रिया

Related