पौरखी बन्ने युवा सपना, ‘अब गाउँमै वर्कसप खोल्छु’

निर्माण सञ्चार, कलैया । डेढ महिना गाउँ छाडेका युवाले गाउँमै फर्केर उद्यमशील काम गर्ने सीप र क्षमता आर्जन गर्छ भने तपाई के भन्नु हुन्छ ?

दाम कमाउन र सीप सिक्न विदेशै जानु पर्छ भन्ने अब रहेन । कलैयाका होनाहार युवाले यसलाई जीवनमा चरिचार्थ गर्ने सोच विकास गरेका छन् ।

४५ दिन अघि गाउँ छोडेर सदरमुकाम गए रञ्जित साह र वीरेन्द्र मुखिया ।

गाउँ छाड्नु अघि सायद उनीहरुले ४५ दिनपछि आफ्नो हातमा यही तहको सीप र दक्ष हुन्छ भन्ने सोचेका पनि थिएनन् ।

तर, ४५ दिने तालिमले उनीहरुको हातमा सीप त दियो नै, तर, सोच नै बदलिदिएको छ । जुन कुरा हामी युवाहरुका लागि पनि प्रेरणा हुन सक्छ ।

तालिम पछि उनीहरु अब गाउँमा वर्कसप खोली मनग्य आम्दानी गर्ने सोचमा छन् ।

०००

गाउँ छाडेर कलैया सदरमुकाम गएका उनीहरुले मोटर सर्भिसिङ तालिम लिए । उनीहरु जस्तै अन्य ११ युवामा पनि यस्तै सपना पलाएको छ ।

४५ दिने भोकेसनल ट्रेनिङले यहाँका युवाहरुमा सीप र सोच बदलिदिएको छ । युवा लक्षित मोटर सर्भिसिङ तथा विभिन्न इलेक्ट्रोनिक तालिम दियो सामुदायिक विकास कार्यक्रमले ।

उक्त कार्यक्रमले सञ्चालन गरेको तालिमले युवाहरुमा यस्तो सोच नै बदल्ने क्रान्ति ल्याइदिएको हो ।

बेरोजगार युवाहरु अब विभिन्न किसिमका पंखा, रुम हिटर, खाना पकाउने राइस कुकर, आइरन तथा कुलर पंखा लगायत इलोक्ट्रोनिक सामग्रीको मर्मत गर्न सक्षम भएका छन् ।

तालिम पछि बारा पचरौता नपा–२ स्थित श्रीनगर बैरिया बस्ने वीरेन्द्र मुखियाले भने, ‘अब आफूले मोटर सर्भिसिङ तालिमबाट थुप्रै कुरा सिकेकाले गाउँमै वर्कसप खोल्छु । कडा परिश्रम गरँे भने गाउँमै २०/२५ हजार कमाउन सक्ने सीप आर्जन गर्न पाउँदा खुसी लागेको छ ।’

तालिममा सहभागी युवाको उत्साह देखेर जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंहले हौसलालाई मजबुत राख्दै वर्कसप कार्यलाई निरन्तर दिन सहभागीहरुलाई आग्रह पनि गरे ।

उक्त सीपमुलक कार्यक्रमको बिहीबार समापन थियो । प्रमुख आतिथिका रुपमा पुगेका सभापति सिंहले सम्बोधन गर्दै ग्रामीण विकासमा लाग्न युवाहरुलाई अपिल गरे ।

भने, ‘ग्रामीण क्षेत्रमा विकास गर्ने भनेकै यस्तै सीप र दक्षता क्षमता भएका युवाहरुले नै हो । यस्तै मानिसहरुले काम गरे भने त गाउँको विकास भइहाल्छ नि ।’

जिसस सभापति सिंहले थपे, ‘सिडिपीले ग्रामीण विकासलाई जोड दिएजस्तै तपाई पनि गाउँमा गएर आ–आफ्नो सीपको सदुपयोग गर्नुहोस् । काम गरे दाम पनि त आइहाल्छ ।’

उनले सीप सिकेका युवाहरुले घर, परिवार हँुदै पुरै समाज विकास गर्ने उनको भनाइ थियो ।

हुन पनि सिडिपी तालिम लिएपछि यतिबेला यो क्षेत्रमा थुर्पै युवाहरु आत्मनिर्भर बनेका उदाहरण छन् । उनीहरु स्वावलम्बी बनेर घर–परिवार पालिरहेको उदाहरण दिँदै नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले युवाहरुलाई यस्तै उदाहरणीय बन्न शुभकामना दिए ।

सिडिपी तालिम प्राप्त युवायुवतीहरु यतिबेला राम्रो आर्यआर्जनमा लागिरहेको समुदायिक विकास कार्यक्रम जिल्ला संयोजक विपीन दासको भनाइ छ ।

 

 

...

प्रदेश नम्बर–२ बाट राजु शाह कानुको फोटो फिचर

 

 

 

...

शुक्रबार, १८ साउन, ०७५

 

प्रतिक्रिया

Related