ड्रोन आक्रमणबाट बालबाल बचे भेनेजुयली राष्ट्रपति, आक्रमणमा ‘अमेरिकी हात’ !

कसरी भयो आक्रमण ?
निर्माण सञ्चार, एजेन्सी । विश्वमै शान्ति सुरक्षा दिने ‘ठेक्का’ लिने अमेरिका फेरि विवादमा तानिएको छ । राजधानीमा भइरहेको एक विशेष कार्यक्रमलाई सम्बोधन गरिरहेका भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमणको घटनामा अमेरिकी हात रहेको आरोप पछि अमेरिका पुनः विवादमा तानिएको हो ।

राष्ट्रपति मदुरो बालबाल बँचेको दृश्य अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले प्रसारण गरिरहेका छन् ।

उनको सुरक्षार्थ तैनाथ सैनिकहरु भने घाइते भएका छन् । भेनेजुएलाको सरकारले आफ्ना राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको भन्दै घटनाको निन्दा गरेको छ ।

राष्ट्रपति मदुरो राजधानी कराकासमा एक कार्यक्रममा सम्बोधन गरिरहेका थिए, जतिबेला उनी लक्षित ड्रोन आकासमा बिस्फोट भएको थियो ।

कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । विश्व समुदयाले नै देख्न सकिने अवस्था थियो । हमलापछि सुरक्षाकर्मीको घेराबाट राष्ट्रपतिलाई सुरक्षित गन्तव्यतिर लगिएको थियो ।

उनको टाउकोबाट रगत बगिरहेको थियो । सरकारी अधिकारीहरुले राष्ट्रपति मदुरो सकुशल रहेको बताएका छन् भने भेनेजुयली सञ्चारमन्त्री जर्ज रोड्रिग्जसले यसलाई राष्ट्रपतिको हत्याको कोशिस भएको प्रतिक्रिया दिएका छन् ।

ड्रोन हमलामा अमेरिका र कोलम्बियाको हात रहेको आरोप

राष्ट्रपति निकोलस मदुरो त्यतिबेला राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको अवसरमा विशेष सम्बोधन गरिरहेका थिए । राष्ट्रपति स्वयम्ले विष्फोटक ड्रोनको सहायताबाट आफूमाथि हमला गरेको भन्दै निन्दा गरेका छन् ।

कसरी भयो आक्रमण ?

मादुरोको भाषणको लाइभ फुटेजमा देख्न सकिन्छ, भाषणकै क्रममा उनको आँखा अचानक माथितिर हेर्न पुग्छ । लगत्तै उनी आत्तिर भाग्न कोसिस नगर्दै दर्जनौं सैनिकहरु दौडिएको देख्न सकिन्छ ।

हमलाबारे सञ्चार मन्त्री जोर्गे रोड्रिग्वेजले भनेका छन, ‘विष्फोटक पदार्थहरुले भरिएको २ ड्रोन राष्ट्रपतिले सम्बोधन गरिरहेको पोडियम नजिकै पुगेका थिए ।’

घटना लगत्तै सामाजिक सञ्जालमा भाइरल भएका फोटोहरुमा बडीगार्डहरुले मादुरोलाई बुलेटप्रुफ कवचले सुरक्षा दिएको देख्न सकिन्छ ।

दक्षिणपन्थी तत्वको हात

घटनालाई छिमेकी देश कोलम्बिया र अमेरिकाका ‘केही तत्वहरु’बाट आफ्नो हत्या गर्ने दुष्प्रयास गरेको राष्ट्रपति मदुरोले प्रतिक्रिया दिएका छन् ।

उनले ‘दक्षिणपन्थी षडयन्त्र’ अनुसार ड्रोन आक्रमण गरिएको आरोप लगाएका छन् । उनको दाबीअनुसार घटनाको पछाडि कोलम्बियाली राष्ट्रपति जुवान म्यानुएल सान्तोसको हात रहेको छ ।

तर, कोलम्बियाको सरकारले आफूमाथिको अरोप खण्डन गर्दै भनेको छ ‘मादुरोको आरोपमा कुनै आधार छैन ।’

जन्माए अनेकौं प्रश्न

यो आक्रमणलाई अतीतका केही घटना समेत जोडेर हेरिन थालिएको छ । भेनेजुएलाका यस अघिका घटना पनि यसमा जोडेर हेरेपछि यसले राजनीतिक रंग लिएको छ ।

राष्ट्रपति मादुरो र उनका समर्थकहरुले यस अघि पनि बेलाबेलामा विपक्षी दल, कोलम्बिया र अमेरिकामाथि आफ्नो सरकारलाई सिध्याउन ‘षडयन्त्र’मा लागिपरेको आरोप लगाउँदै आएका थिए ।

सन् २०१७ जुनमा पनि भेनेजुएलाको सर्वोच्च अदालतमा भएको होलिकोप्टर बमवर्षालाई राष्ट्रपति मादुरोले ‘आतंकवादी आक्रमण’ भनेका थिए ।

 

 

 

तस्वीर: सिन्ह्वा

 

 

...

आइतबार, २० साउन, ०७५

 

प्रतिक्रिया

Related