अनौठो कलाकार भक्तबहादुरः सपनामा जे देख्छन् त्यही उतार्छन् क्यानाभासमा

‘पहिलो पटक बनाएको गाईको दैनिक पूजा’
निर्माण सञ्चार, जुम्ला | चन्दननाथ नगरपालिका ४ सिंगाचौरका ५५ वर्षीय भक्तबहादुर सार्की एक काष्ठकला उद्यमी हुन् ।

पुर्खाले डकर्मी काम गर्दै आएपनि आफ्नो पेशा भने फरक रहेको उनले बताए । केही वर्ष पुर्खाले नै गरेको डकर्मी पेशाबाट घरपरिवार चलाउँदै आएपनि हाल भने त्यो पेशा छोडेर काष्ठकलातर्फ अघि बढेको उनको भनाई छ ।

घरेलु विकास समितिमा काष्ठकला उद्योग दर्ता गराएर विगत तिन वर्षदेखि यही पेशामा काम गर्दै आईरहेको उनले बताए ।

‘राती सपनामा देख्ने गरेको तस्वीर जस्ताको तस्तै काष्ठकलामा उर्ताने गरेको छु’ उनले भने ‘काष्ठकलामा उत्पे्ररित गर्न देवि देवताको देन छ, म एक देविदेवताको भक्त हुँ, उनै ईश्वरले देखाएको बाटोमा हिड्दा आजसम्म फाइदा नै भएको छ ।’

‘मलाई यो काष्ठकलाको बाटो बाबिरा देउताले देखाएको हो’, उनले भने ‘देउताले सपनामा देखेको कुरा बनाउनु भनेपछि त्यही चित्र विपनामा उर्ताने गरेको छु ।’

 काठबाट बन्ने चित्र

उनले राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, शान्तिको प्रतिक परेवा, चाखुरा, काग, कालिज, चिल, जंगलका राजा सिंह बाघ, हनुमान, विद्याकी धनी सरस्वती लगायतका सयौँ काष्ठकलाबाट निर्मित चित्रहरु बनाएर बेच्दै आएको बताए ।

तीन वर्षदेखि सो पेसा अपनाएका सार्किले हाल मुख्य आम्दानीको स्रोत नै यही पेसालाई अगालेका छन् । काष्ठकलाबाट घरेलु तथा साना विकास उद्योगदेखि नेपाल सरकारबाट पुरस्कृत भएको उनको भनाई छ ।

‘पहिलो पटक बनाएको गाईको दैनिक पूजा’

देउटाले काष्ठकला बनाउन भनेपछि सपनामै देखेको चित्र पहिलो पटक राष्ट्रिय जनावर गाई बनाए बताउँदै उनले हाल त्यही गाई आमालाई पुजा गर्दै आएको बताए ।

उनले भने ‘१५ हजार रुपियाँ दिने ग्राहक जुटेका हुन् तर पनि पहिलो पटक बनाएको काष्ठकला विक्री गर्न मन नलागेपछि दैनिक पुजा गर्ने गरेको छु ।’ ‘गाईको चित्र हेर्न दैनिक बालबालिकादेखि वृद्धसम्मको भिड लाग्ने गरेको छ, हेरेबापत भेटी पनि चडाउँदै आएका छन्’, सार्कि भन्छन् ।

‘अहिलेसम्म १० हजार रुपियाँ रकम जम्मा भएको छ, चाइना पठाउने भनेको गाईको चित्र काठमाडौँसम्म पुर्याएर घरमै फर्काएको उनको दाबी छ ।

विद्युत अभावले मेसिन प्रयोगमा आएनन्

जुम्लामा भरपर्दो विद्युत नभएका कारण काष्ठकला निर्माणका लागि उपलव्ध भएका मेसिन प्रयोमा आएका छैनन् ।

घरेलु तथा साना उद्योग विकास समितिले काष्ठकला निर्माणका लागि मेसिन उपलव्ध गराएपनि विद्युत अभावका कारण मेसिन प्रयोगमा ल्याउन नसकिएको सार्कीले बताए ।

जुम्ला सदरमुकाममा दुई सय किलोवाट विद्युत ३ हजार घरधुरीमा जडान गरिएको छ ।

‘कम क्षमताको विद्युत घरमा उज्यालो गर्न त मुस्किल हुन्छ, विद्युतबाट मेसिन प्रयोगमा ल्याउनु धेरै टाढाको कुरा हो’, उनले भने, ‘जुम्लाबाट धेरै मन्त्री सांसद पनि आए तर उनीहरु ०४० सालमा निर्माण भएको घुघुत्ती जलविद्युत आयोजाकै भर परेका छन् ।’

निर्माण काष्ठकला  भएनन् विक्री 

सयौँ काष्ठकला निर्माण गरियो तर निर्माण गरिएका कलाकृतिहरु विक्री वितरण गर्न निकै मुस्किल परेको सार्कीले बताए ।

‘विक्री वितरणका लागि बजार छैन, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पुर्याउने पहुँच पुग्दैन ।’ उनले भने । तिन बर्षको अवधिमा झण्डै पाँच लाख कारोवार भएको सार्किको भनाई छ ।

 ...

कर्णाली प्रदेश संवाददाता सागर परियार

शनिबार, २६ साउन २०७५ 

प्रतिक्रिया

Related