पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन र पृथ्वी राजमार्ग सुचारु

निर्माण सञ्चार, काठमाडौं । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, नारायणगढ मुग्लिन सडकको जलबिरे र घुमाउनेमा गएको पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

योसँगै इच्छाकामना गाउँपालिका ५ जलबिरेको बाटो एकतर्फी खुलेको छ भने भरतपुर महानगरपालिका २१ घुमाउनेमा भने बाटो दुईतर्फी नै खुलेको छ। यी दुवै ठाउँमा विगत ४ दिनदेखिको वर्षाका कारण पहिरो खसकेको थियो ।

विगतको कृष्णभीर जस्तै यहाँको पहिरो जाने क्रम केही बेर रोकिने र केही बेरमा जाने भइरहेको छ ।

त्यस्तै, पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड अन्तर्गत पर्ने फिस्लिङमा गएराति खसेको पहिरो सोमबार बिहानै पन्छाइएको छ ।

यतिबेला उक्त सडकखण्ड पनि सञ्चालनमा आएको छ ।

 

 

...

सोमबार, २१ साउन, ०७५ 

प्रतिक्रिया

Related