नदी किनाराका बस्तीहरु होसियार ! अझै २ दिन भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन अपिल

गएको २४ घन्टामा काठमाडौंमा ४४ मिमि र नेपालगञ्जमा ६४ मिलिमिटर पानी परेको
निर्माण सञ्चार, काठमाडौं । अझै २ दिन देशैभर भारी वर्षा हुने भन्दै नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।

चार दिनदेखि परेको अविरल वर्षाले देशैभरको जनजीवन अस्तव्यस्त बनिरहेकै बेला विभागले अझै २ दिन भारी वर्षा हुने बताएको हो ।

दोस्रो पटक पनि डुबानमा परेको भक्तपुर सहित काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोबीखोला र विष्णुमती आसपास सर्तक रहन आग्रह विभागले आग्रह गरेको छ ।

अझै २ दिन पश्चिमी क्षेत्र, पूर्वी तराई र उपत्यकामा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

काठमाडौं उपत्यका भित्र र आसपास बग्ने नदीको बहाव निरन्तर बढिरहेकाले डुबानमा पर्न सक्ने भन्दै विभागले सतर्क रहन भनेको हो ।

जल तथा मौसम विभागका अनुसार राजधानीका नख्खु, मनोहरा, बागमती, धोबीखोला र विष्णुमती नदीमा पानीको बहाव बढिरहेको छ ।

विभागले उपत्यका भित्र उक्त स्थानहरु नदी आसपासका होचा क्षेत्र भएकाले डुबान हुन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको बताएको छ । 

जल तथा मौसम विभागका अनुसार राजधानीका नख्खु, मनोहरा, बागमती, धोबीखोला र विष्णुमती नदीमा पानीको बहाव बढिरहेको छ । विभागले उपत्यका भित्र उक्त स्थानहरु नदी आसपासका होचा क्षेत्र भएकाले डुबान हुन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको बताएको छ

उपत्यका भित्रबाट बग्ने वागमती नदीको तराई क्षेत्रमा दिउँसो २ बजेपछि पानीको बहाव उच्च रहने भन्दै विभागले उच्च सतर्कताका लागि पनि अपिल गरेको छ ।

विभागले, कन्काई, कमला लगायत नदी किनारा आसपासका बस्तीहरुलाई पनि उच्च सतर्कता अपनाउन भनेको छ । विगतको अविरल वर्षाका कारण दिउँसो पानीको सतह बढ्ने विभागको भनाइ छ ।

विभागले विशेष गरी दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनसरी, सिन्धुली जस्ता जिल्लामा सतर्कता अपाउन भनेको हो ।

कहाँ के भयो ?

गृहमन्त्रालयको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार वर्षाले पश्चिम नेपालका धेरै ठाउँमा पहिरो गएको छ ।

जाजरकोटमा पहिरोबाट मर्नेको संख्या १० पुगेको छ भने ३ घर पुरिएकोमा शव वितरण कार्य भइरहेको छ । १३ मानिसहरु पुरिएकोमा बाँकीको अझै खोजी कार्य भइरहेको छ ।

वर्षाकै कारण काभ्रे र गोरखामा पहिरो खसेको छ ।

राजमार्गका विभिन्न स्थानहरु असुरक्षित बन्न पुगेको भन्दै लामो रुटमा यात्रा गर्नेलाई गृहमन्त्रालयले सतर्कता अपनाउन पनि अपिल गरेको छ ।

बाँकेमा डुबानले घर भत्किएको छ। प्युठानमा बाढी आएको छ। बारामा खोला तर्ने क्रममा एक जना बेपत्ता भएको गृहले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज र भोलि पूर्वी तराई, मध्य र पश्चिम नेपालमा भारी वर्षा हुने सम्भावना छ।

श्रेष्ठले देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै बुधबारपछि मात्र पानी पर्ने क्रम रोकिने बताए । विभागका अनुसार गएको २४ घन्टामा काठमाडौंमा ४४ मिलिमिटर वर्षा भएको छ भने नेपालगञ्जमा ६४ मिलिमिटर पानी परेको छ ।

काठमाडौं बागमती किनाराको सुकुम्बासी बस्ती डुबानमा

त्यस्तै, अविरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्रहरु गएरातिदेखि नै डुबानमा परेका छन् ।
शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानमा परेका छन् भने राजधानीका काठमाडौंका भित्री भागहरु पनि बढी प्रभावित बनेका छन् ।
 
शान्तिनगरका १५–२० घर डुबानमा परेको गृहप्रशासनले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ ।
 
प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् ।
 
सपिङ सेन्टर डुबानमा
 
ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पानी पसेको छ । स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।

 

 

 

...

सोमबार, २१ साउन, ०७५

 

प्रतिक्रिया

Related